धुम मच्चाउने सुरमा खतरनाक बने आमिर खान (भिडियो)



aamir-khan-dhoom-3ठुलोपर्दा डटकम, मुम्बई। बलिउडमा यसवर्षकै बहुप्रतिक्षित चलचित्र रहेको ‘धुम–३’ को टिजर लामो समयको पखाईपछि सार्वजनिक गरिएको छ । यसअघि आमिर खानलाई मात्र देखाइएको प्रोमो र पोष्टर सार्वजनिक भएको थियो ।

उक्त सार्वजनिक टिजरमा आमिर खानलाई अर्का अभिनेता अभिषेक बचनले पक्राउ गर्न लागिरहेको दृश्य देखाइएको छ । बाइक कुदाइरहेका आमिर अभिषेकबाट बच्नका लागी जोखिमपुर्ण ढंगमा ट्रकको मुनीबाट बाइक कुदाएको दृश्य पनि टिजरमा पाइन्छ । टिजरलाई डरलाग्दो भनेर विश्लेषण गर्न थालिएको छ ।

एक मिनेट ३७ सेकेण्डको टिजरमा अभिनेत्री कैटरिना कैफ र अभिनेता उदय चोपरालाई पनि देखाइएको छ । टिजरमा कैटरिनालाई सेक्सी अवतारमा देख्न सकिन्छ । विजयकृष्ण आर्याद्वारा निर्देशित यस चलचित्र आगामी डिसेम्बर २५ तारिखका दिन क्रिसमस डेको अवसर पारेर रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu