
ठुलोपर्दा डटकम, काठमाण्डौ। नायिका महिमा सिलवाल आजकल यसै भौँतारिन्छिन्। उनको पेटमा अर्कैको नासो हुर्किरहेको छ। पंकजले मायाको बहानामा गर्भवती बनाएर लत्याईदिएपछि महिमा समाजबाटै बहिस्कृत छिन्।
युवा निर्देशक सिरस पुडासैनीको निर्देशनमा तयार ‘बैमानीलाई खोजी रैछु …’ बोलको गीतको म्युजिक भिडियोमा माथीको कथा पाईन्छ (पात्रको नाम जस्ताको त्यस्तै राखिएको)। महिमा सिलवाल र पंकजको अभिनय रहेको यस गीतमा अञ्जना गुरुङ्को स्वर, लोकराज अधिकारीका शब्द तथा बि.बि. अनुरागीको संगीत रहेको छ। यो गीत ‘मिठास’ एल्बममा समावेश गरिएको छ।
तिगागोपाल डिजिटल एम क्रियशन प्रा.लि.ले अडियो व्यबस्थापन गरेको छ। यो गीतको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने सुरेश राउतले सम्पादन गरेका छन्।
Watch the song:





