यसरी मनाउँदैछन् नेपाली नायिकाहरुले तिज



nayikako-teejश्यामसुन्दर गिरी, काठमाण्डौ। हिन्दु नारीहरुको महान चाड हरीतालिका तिज आउनै लाग्दा गाउँ घर शहर बजार चारैतिर रौनक छाएको छ । यसपटकको तीजमा विगतका तीजहरु मा झैँ धेरै रौनकता देखिएन् । महिना दिन अघी देखी दर खाने नाचगान गरेर रमाइलो गर्ने गरिएको तीजमा यस पटक खासै यस किसिमको तामझाम भएन कारण प्रशासनको कडा निर्देशनले कुनै पनि तडक भडक, तामझाम र कुनै पनि पार्टी प्यालेसमा तिजको दर खाने र भड्किलो कार्यक्रम गर्न दिएन ।

शान्ती सुरक्षा, अपराध र सामाजिक रुपमा प्रशासनको यो कदम उपयुक्त भए पनि नारीहरु माथि एक किसिमको अन्याय भएको गुनासाहरु पनि आएका छन् । विबाहित दिदीबहिनी रातो सारी, चुरापोतेमा र अविवाहित दिदीबहिनीहरु सारी, कुर्ता,चुरामा सजिएर साथी संगी सँग नाच्ने गाउने अनी तिजको शुभकामना आदान प्रदान गरी मनाउने तिज यसपाली खल्लो भएको गुनासो पनि सुनिएको छ ।

चाड पर्व भन्दैमा देखासिखी गर्ने र विसंगती निम्त्याउने गरी मनाउनु हुँदैन । बिशेष गरी संचारमाध्यमले आयोजना गर्ने गरेका मोटो धन राशी सहितको पुरस्कार प्रदान गर्ने तिज गीत प्रतियोगितालाई प्रशासनले रोक्दा कती आक्रोशित पनि होलान् तर धन राशी लाई भन्दा पनि संस्कृतिको जगेर्ना र निरन्तरताका लागि भने यस किसिमको कार्यक्रम आयोजना हुनुपर्छ । विवाहित चेलीबेटीहरु आफ्ना पतीको दिर्घायु र प्रगतिको कामना र अविवाहितहरु राम्रो पती पाइयोस भन्ने कामनाका लागि तिजमा व्रत बस्ने गर्छन् । बिभिन्न चाडपर्वमा र गतिविधीमा नेपाली नायिकाहरु अग्रसर हुने गरेका छन ।

यसै क्रममा नेपाली चलचित्र क्षेत्रका नायिकाहरुले यस पटकको तिजलाई कसरी मनाउदै छन त ? हामीले सोधेका छौँ:

[one_half last=”no”]
mahima-silwalमहिमा सिलवाल
म हरेक तिजमा व्रत बस्छु र यसपाली पनि बस्छु नै । त्यस्तै जतीसुकै कार्यव्यस्तता रहेपनि तिजमा आफ्नो गृह जिल्ला चितवनमा हुन्छु । परिवार सँग तिज मनाउन चाहन्छु । तिजमा सबै दिदिबहिनी लगायतका पाहुनाहरु आउनुहुन्छ त्यसैले पनि मलाई तिज एकदमै मन पर्छ । दिदीबहिनीहरु सँग नाचगान गरेर मनाउने गरेकी छु र यसपटक पनि मेरो तिज यसरी नै बित्नेछ । चलचित्रमा मात्र कती नाच्नु नि होइेन दिदीबहिनी र साथीहरु सँग नाच्नुको मज्जा नै फरक हुन्छ नि ।

यसपाली त चितवनमा तिजका कार्यक्रममा प्रशासनले कडाइ गरेको खबर सुनेकी छु नत्र त झनै बबाल हुने थियो तिज । जे होस् सबै दिदीबहिनीहरुले तिजलाई देखासिखी र विसंगतीको अन्तय गर्दै आफ्नो क्षमता अनुसार मनाउनुहोला । धेरै गरगहना लगाएर मात्रै तिज हुने होइेन सामान्य किसिमले पनि आपसी सम्बन्ध प्रगाढ बनाउन सकिन्छ । भड्किलो तरिकाले नभई कला, सँस्कृतीको संरक्षण र निरन्तरताको लागि तिज मनाउनुपर्छ ।

anita-acharyअनिता आचार्य
यसपालीको तिज चाहेर पनि धेरै रमाइलो गर्न नपाईने हो पनि हो क्यारे त्यसैले खासै कुनै योजना छैन । उही हो सामान्य तरिकाले परिवार सँग मनाउँदैछु । आफ्नो बाह्य कामहरु कम भएकोले अहिलेको तिजमा अली बेसी समय छ । त्यसो त महिलाहरुको महान चाड भएकाले पनि धुमधाम सँग मनाउनु पर्ने हो तर त्यस्तो धुमधाम होला य नहोला तर पनि रमाइलो त गर्न परीहाल्यो नि । २/४ दिन अगाडि देखी नै घरमा दिदीबहिनिहरुको जमघट र नाच-गान हुन थालेको छ जे होस् यसपाली खुब नाचिन्छ होला ।

sabina-karkiसविना कार्की
धेरै समय भयो परिवार सँग तिज नमनाएको त्यसैले पनि यस पटकको तिजमा चाँही परिवारमा रहेर मनाउने सोचाइ बनाएको छु । नारीको लागि तिज एउटा महत्वपूर्ण पर्व हो नारीले आफ्नो भनेर मनाउने चाड हो त्यसैले पनि नाच गान गर्नु परिवारका सदस्य र साथी सँगी सँग रमाइलो गरी मनाउनु पर्छ तर हामीले सोचे अनुरुप मनाउन सक्दैनौ किन कि कुनै न कुनै कामले गर्दा समय मिलाउन पनि गाह्रो हुन्छ तर यस पटक म मन्दिर पनि जान्छु व्रत पनि बस्छु । गत तीजहरुमा भन्दा यसपटक म धेरै खुशी छु किन कि यो तिजमा मेरो दिदी सँग पनि भेट हुन्छ, सँगै मनाउदैछु र सबै दिदीबहिनीहरु लाई शुभकामना, राम्रो सँग तीज मनाउन आग्रह पनि गर्छु ।

rekha-puriरेखा पुरी (मोडल)
यसपालीको तिजमा मेरो टेलिभिजनमा तिज बिशेष कार्यक्रम छ । तीजको अघिल्लो दिन ‘सानो बाबु सानो परी’ कार्यक्रमको पनि अन्तिम शो छ । यो कार्यक्रमको कोरियोग्राफी र होस्ट आँफैले गर्दैछु त्यसैले तिज एकदमै व्यस्ततामा बित्नेछ । यसकारण पनि यसपटकको तिजमा कुनै पनि योजना चाँही बनाएकी छैन ।

तर तीजको दिनमा भने घरमै बस्छु, घरपरिवारमा नै तीज मनाउछु । रमाइलो पनि होला तर व्रतको बिषयमा भने सोचेकी छैन ।

Smita-thapaस्मिता थापा(मोडल)
तीज भनेको नारीहरुको महान चाड हो । नारीको महान पर्व नमनाउने भन्ने त कुरै आउँदैन र रमाइलो पनि गर्नुपर्छ नै तर यसरी नै मनाउछु भन्ने किसिमको फरक कार्यक्रम त केही पनि छैन तथापी अन्य साथीहरुले जस्तै सामान्य तरिकाले नै साथी र परिवारका सदस्यहरु सँग नै मनाउछु । तर दर खाने दिन मेरो जन्म दिन पनि भएकोले यस पटकको तिज मेरो लागि बिशेष हुनेछ ।

[/one_half]anamika-chaulagainअनामिका चौलागाईं
यो तिज मेरो लागि लक्की छ किनकी यसै पटक मेरो चलचित्र ‘प्राण भन्दा प्यारो’ रिलिजको तयारीमा छ । चलचित्रको प्रोमोसनमा व्यस्त रहदा रहँदै पनि यस पटकको तीजलाई चाँही बबाल तरिकाले रमाइलो गरी मनाउने विचार गरेकी छु । मज्जाले दर खाने रातो सारी लगाएर साथीहरु सँग नाचेर मनाउदै छु । नारी हुँ व्रत त बस्नै पर्यो । मलाई त हिजो अस्ती देखी नै तिज लागिसक्यो । मामाघर गए दर खाएर मज्जाले नाचियो । धेरै नाचे कि के हो खुट्टा पनि दुखिराको छ ।

तीज नारी दिदिबहिनीहरुको सबैभन्दा राम्रो पर्व हो । मलाई साथीहरु र परिवार सँग तिज मनाउन मन पर्छ । सम्पूर्ण दिदीबहिनीहरुलाई तिजको शुभकामना व्यक्त गर्छु राम्रो सँग मनाउनु होला । अन्त्यमा मेरो चलचित्र ‘प्राण भन्दा प्यारो’ असोज ४ गते देखी रिलिज हुँदैछ त्यसैले मेरो चलचित्र पनि सबै दिदिबहिनीहरुले हेरिदिनु होला ।

suravi-jain-bistaसुरभी जैन बिष्ट
यस पटकको तिजमा शिवजीको दर्शन गर्छु । अरु दिदीबहिनीहरुले तिजलाई जसरी मनाउनु हुन्छ त्यो भन्दा धेरै सामान्य तरिकाले मनाउछु । तर अरुले जस्तो रौनकतापूर्वक हाम्रो परिवारमा तिज मनाउने चलन पनि छैन, भारतिय भएर पनि होला तर मलाई एक्दमै मन पर्छ तीज अनी रमाइलो गरेर मनाउने चाहना छ । घर-परिवारमा तिजको माहोल नै हुँदैन । कहिले काहीँ त कस्तो चित्त दुख्छ सबै दिदीबहिनीहरु मज्जाले बेहुली जसरी सजिएर हिँड्छन नाच गान गर्छन् अनी आफ्नो पतिका लागि व्रत बस्छन् । मलाई पनि रहर लाग्छ यसरी मनाउन तर घरमा माहोल छैन । तर पनि एकदमै सामान्य तरिकाले मनाउनुपर्छ भन्ने मेरो सिद्दान्त हो ।

तडक-भडक र देखासिखी गरेर तिज मनाउनु हुँदैन त्यसर्थ घरमै बस्छु । व्रत पनि बस्दिन किन कि जब कुनै खासै भेट्छु तब देखी व्रत बस्छु । सबै दिदीबहिनीहरुले राम्रो सँग तिज मनाउनु होला ।आफ्नो पनि स्वास्थ्यको ख्याल गर्नु होला ।

rajani-KCरजनी के.सी
हिन्दू नारीहरुको महान पर्व तीजमा म पहिले देखिनै व्रत बस्दै आएकी छु त्यसैले यसपालीको तीजमा पनि व्रत बस्छु । आज सम्म तीजको व्रतमा केही कुराको पनि वर मागेकी छैन तर यस पटकको तीजको व्रत बसेर मेरो पहिलो चलचित्र लोफरको लागि सफलता माग्दैछु । वास्तवमा भन्ने हो भने म लोफरकै लागि यस पटकको तीजको व्रत बस्दै छु । आशा छ मेरो चाहना पुरा हुनेछ र लोफर सर्वाधिक हिट हुनेछ । साथै यसपालीको तिजमा केही बिशेष साथीहरु र आफन्तहरु सँग तिजको दर खाने कार्यक्रम छ ।

sumina-ghimireसुमिना घिमिरे
मेरो कुनै नयाँ योजना त छैन । गत बर्षमा जसरी मनाए यसपाली पनि उस्तै त हो नि । त्यही हो साथी संगी सँग भेट्घाट गर्छु अनी साथीहरु सँग नै मिलेर नाचिन्छ पनि । रमाइलो त गर्नै पर्यो । बर्ष दिनमा एकपटक आउने चाडमा पनि रमाइलो नगरे त कहिले गर्ने हो र् ?
[tabs tab1=”हाम्रो पनि शुभकानमा”]

[tab]हिन्दु महिलाको महान चाड हरितालिका तीजको अवसरमा ठुलोपर्दा डटकम हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छ।[/tab]
[/tabs]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu