उत्कृष्ट गीतहरुको ‘बगैँचा’ लिएर आउँदै शेखर | साथमा अन्जु पन्त



shekhar-anju
ठुलोपर्दा डटकम, काठमाडौ।
गीतसंगीतलाई साधना गरेर आफ्नो जीवनशैली नै बनाइसकेका सुमधुर स्वरका धनी गायक शेखर च्यान नयाँ एल्बम ‘बगैँचा’ मार्फत नेपाली सांगीतिक बजारमा आउने भएका छन्। नेपाली सुगम संगीतकी चर्चित गायिका अन्जु पन्तको सुरिलो स्वरसँगै गायक च्यानले बगैँचामा रहेको ‘तिम्रै माया लाग्छ’ बोलको आफ्नो नयाँ गीत मार्फत सांगीतिक बजारमा आउन लागेका हुन्।

गायक शेखरले आफ्नो नयाँ एल्बंम ‘बगैँचा’को विमोचनसँगै नेपाली सुगम संगीतका पारखीहरुलाई नयाँ स्वाद चखाउने बताएका छन। उनका अनुसार बगैँचा एल्बंममा सुगम संगीतका उत्कृष्ट गीतहरु समावेश गरिएकोले छ। जसलाई उनले उत्कृष्ट गीतहरुको बगैँचा भएको दाबी गरेका छन्।

राजनराज शिवाकोटीको शब्द संगीत रहेको तिम्रै मायमा लाग्छ बोलको गीतमा बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक नरेश भट्टराईले म्युजिक भिडियो बनाएका छन। गायक शेखरले दिएको जानकारी अनुसार उक्त गीतको म्युजिक भिडियोको छायाँकनको सम्पूर्ण काम सकिएको छ।

म्युजिक भिडियोको छायाँकन गोदावरीमा गरिएको थियो। यसअघि पनि गायक शेखर च्यानको ‘बिर्षे होला जस्तो लाग्थ्यो निष्ठुरीको याद’ बोलको गीतले नेपाली श्रोता र पारखीमाझ निकै लोकप्रिय र चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu