पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड | ईमेज अवार्ड सम्पन्न



ठुलोपर्दा डटकम, काठमाडौ। १५ औं इमेज अवार्ड शनिवार राजधानीमा सम्पन्न भएको छ। उक्त अवार्ड कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा गायक पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। भने बर्षकै सर्वोत्कृष्ट गायकको अवार्ड ‘मुटु सिएर’का लागि विश्व नेपालीले र ‘म त अजनबी गीत’का लागि निशा देसार सर्वोत्कृष्ट गायिका को उपाधी जितेका छन ।

यस्तै, बसन्त चौधरीको ‘लभ फरेवर’ले यस वर्षको सर्वोत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरेको छ। भने वर्षको सर्वोत्कृष्ट महिला पप गायनको अवार्ड ‘झुम्के बुलाकी’का लागि आस्था राउतले जितेकी छिन् । त्यस्तै सर्वोत्कृष्ट पप गायन पुरुषको अवार्ड ‘सम्झना’ गीतका लागि एड्रिन प्रधानले पाएका छन् ।  यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड ‘तिमी बुढी पीपल’का लागि भुषण दहाल फिल्मस र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड ‘बादलहरु हो….’ ले प्राप्त गरेको छ । श्रेया घोसालको स्वर, वसन्त चौधरीको रचना र न्हयू बज्राचार्यको संगीत रहेको ‘तिमी बाहेक को छ र मेरो’ गीत यस वर्षकै सर्वोत्कृष्ट गीतको अवार्ड प्राप्त गरेको छ।

aastha-image
यस्तै १५ औं टुवोर्ग इमेज अवार्डमा उर्मिला कुटुले नव कलाकारको अवार्ड प्राप्त गरेकी छिन् । भने उत्कृष्ट समूह गायनको अवार्ड बाणी ब्याण्डले हात पार्न सफल भएको छ। ‘बाटो मोडेर गयौ’ बोलको गीतका लागि चलचित्र ‘विन्दास’ले सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड प्राप्त गरेको छ। यसैगरी, सर्वोत्कृष्ट गीत रचनाको अवार्ड ‘तिमी भयौ बुढी पिपल’का लागि देवेन गिरीले र सर्वोत्कृष्ट गीत संयोजनको अवार्ड ‘पानीको फोका जस्तो’का लागि हरि लम्साल प्राप्त गरेका छन् ।
यस्तै, सर्वोत्कृष्ट गीत मुद्रणको अवार्ड राजेश्वर तण्डुकारले र सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड ‘मुटु सिएर’को लागि महाराजा थापाले प्राप्त गरेका छन भने, राष्ट्रिय भावनाले ओतप्रोत सर्वोत्कृष्ट गीतको अवार्ड ‘चिरेर हेर’को लागि रविन शर्मा र लोचन भट्टराइले तथा सर्वोत्कृष्ट लोक गीतको अवार्ड ‘धनकुटा भोजपुर’का लागि गणेश न्यौपानेले प्राप्त गरेका छन् ।

यस्तै, सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड ‘सालै जो’का लागि थानेश्वर गौतम र लिला बुढाथोकीले, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनको अवार्ड ‘राम्री….’ गीतका लागि प्रविण श्रेष्ठले तथा सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकनको अवार्ड ‘बाचुन्जेली’का लागि विदुर पाण्डेले पाएका छन् । यस्तै, पब्लिक च्वाइस अवार्ड ‘नजिक छौ’ गीतका लागि रेखा शाह र कमल क्षेत्रीले हात पारेका छन् । २०६९ साल असार १ गतेदेखि २०७० साल जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियो मध्येबाट २० विधामा टुवोर्ग इमेज अवार्ड प्रदान गरिएको थियो।

हरेक वर्षझैं यस वर्ष पनि २० विधामा मनोनयनमा परेकाहरुमध्येबाट निर्णायक मण्डलबाट र एसएमएसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu