सात मिनेट नृत्य गर्दा प्रियांकालाई छ करोड | स्टेजमा आगो लगाउने



priyanaka-ramleela
ठुलोपर्दा डटकम।
वलिउड अभिनेत्री प्रियंका चोपडा पनि अब ती स्टारको पंक्तिमा सामेल हुनेवाली नयाँ अभिनेत्री बनेकी छिन् जो दुनिया भरमा नयाँ सालको पार्टीमा नृत्य गरेर करोडौँ कमाउछन्। यो नयाँ सालमा प्रियांका चेन्नईको एक कार्यक्रममा नृत्य देखाउँदैछिन्।

भारतिय सञ्चार माध्यमका अनुसार प्रियांकाले सो कार्यक्रममा मात्र सात मिनेटको नृत्य गर्नेछीन्, जसबापत उनले छ करोड भारु प्राप्त गर्नेछिन्। यसबाट यो नयाँ बर्षमा भारतव्यापी हेर्दा सबैभन्दा बढी पैसा लिने नायिकामा प्रियांका नै पर्ने संकेत देखिएको छ।

प्रियांकाकै प्रतिस्पर्धी कलाकारले बढिमा तीन करोड भारु लिने गरेका छन्। प्रियांकाले ‘रामलीला’ को सुपरहिट गीत ‘राम चाहे लीला’मा स्टेजमा आगो लगाउने दाउमा छिन्। यो गीतमा प्रियांकाले प्रशंसनिय नृत्य गरेकी थिइन्।

Watch the song:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu