माघमा राष्ट्रिय बाल नाटक महोत्सव हुँदै



bal-natak
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चार बर्षदेखि बाल नाटक महोत्सव गर्दै आएको ‘शैली थिएटर’ले यस पटक पनि आउँदो माघ महिनामा ‘राष्ट्रिय बाल नाटक महोत्सव-२०७०’ गर्ने भएको छ । माघको अन्तिम हप्ताबाट शुरु हुने उक्त नाटक महोत्सवमा ईच्छुक व्यक्ति, संघ–सस्था, नाट्य–समूह र विद्यालयले सहभागिता जनाउन सक्ने छन् ।

साथै आयोजकले सो बाल नाटकमा सहभागिता जनाउन चाहनेहरुलाई यही पुस २० गतेभित्र नाटकको आलेख (स्क्रिप्ट) बुझाईसक्न आग्रह गरेको छ तर, बाल नाटकमा सहभागिता जनाउन चाहनेहरुलाई नाटक कुनै पनि तरिकाले बालबालिकासँग जोडिएको हुनुपर्ने, राष्ट्रिय अखण्डतामा आँच पुर्याउने तथा राज्यको निति नियम विपरीतको स्क्रिप्ट हुन नहुने, नाटकले बालबालिकाको मानेविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने नहुनुपर्ने, एउटा नाटकमा बढीमा १२ जनामात्र कलाकार हुनुपर्ने, नाटक एक घण्टा भन्दा लामो हुन नहुने लगायतका सर्तहरु राखिएको छ ।

स्क्रिप्ट बुझाएको ५ दिनपछि, महोत्सवका लागि छानिएका नाटकहरूको सूचि सार्वजनिक गरिनेछ । स्क्रिप्ट शैली थिएटरको कार्यालय रुसी साँस्कृतिक केन्द्र , कमलपोखरीमा यो सूचना जारी भएको भोलिपल्ट देखि बिहान आठ बजेदेखि ११ बजेभित्र बुझाउन सकिने छ ।

छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरूको निर्णयक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी चेखव उत्कृष्ट निर्देशन पुरस्कार, शैली उत्कृष्ट अभिनय पुरस्कार र बालकोसेली उत्कृष्ट नाटक पुरस्कारका लागि नामको सिफारिस गर्नेछ र सिफारिसमा परेका नाटक, निर्देशक र कलाकारलाई महोत्सवको समापन समारोहमा पुरस्कृत प्रावधान राखिएको छ । उक्त ‘राष्ट्रिय बाल नाटक महोत्सव’ रुसी साँस्कृतिक केन्द्र, तथा शैली थिएटर कमलपोखरीमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu