ऋतिककी पूर्वपत्नीले बोलाएपछि शाहरुख-सलमान एकै ठाउँमा



ठुलोपर्दा डटकम। केहि दिन पहिले पति नायक ऋतिक रोशनसँग डिभोर्स गरेकी सुजैनले परस्पर विरोधी शाहरुख खान र सलमान खानलाई एकैठाउँ निमन्त्रणा गरिन्। ‘बान्द्र १९०’ नामक आफ्नो फेशन स्टोर उद्घाटनमा सुजैनको निमन्त्रणा स्विकार गर्दै यी दुई खानको जम्काभेट भयो।

केहि महिना अघि एक पार्टीबाट पुनः सम्बन्ध सुरुवात गरेका यी दुई बलिउड सुपरस्टार अझै नजिकिने कोशिसमा रहेको बुझ्न सकिन्छ। सो कार्यक्रममा निकै खुशी रहेकी सुजैनको स्टोर वरपर ऋतिक भने नजर आएनन्।

shaharukh-salman-sujain's-store

सुजैनले यो स्टोर मुम्बई बान्द्राको टर्नर रोडमा सुरुवात गरेकी छिन्। सुजैनले निर्माता तथा निर्देशक सोहेन खानकी पत्नी सीमा खान र सञ्जय कपुरकी पत्नी महीप कपूरको साथ मिलेर खोकी हुन्। यो स्टोर महिला सम्बन्धित सामान पाईने बताईएको छ।

सो खुशीको क्षणमा शाहरुख-सलमान सँगै अर्जुन रामपाल आफ्नी पत्नी सहित आएका थिए। केहि नयाँ कालाकारहरुको समेत उपस्थिती थियो। शारहरुख पत्नी गौरी र सुजैन मिल्ने साथी हुन्। शाहरुख-गौरीले ऋतिक-सुजैन प्याचअपको लागि भुमिका खेलेको बताईएपनि सो कार्यक्रममा भने मात्र शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu