दुई दिनमै १०९ करोड कलेक्शन गर्दै रेकर्ड तोड्यो ‘धुम ३’ले



dhoom-3-aamir-kaitrina
ठुलोपर्दा डटकम। 
यशराज ब्यानरमा बनेको यस बर्षको सबैभन्दा चर्चित वलिउड चलचित्र मध्ये एक ‘धुम ३’ले दुई दिनमै ब्ल्कबस्टर हैसियत देखाएको छ। रिलिज हुनुभन्दा तीन महिना पहिले देखी चर्चा सुरु भएको यो चलचित्रले बिना खर्च भव्य प्रचार पाउन सफल भएको छ। ‘ट्रेड एनालिस्ट’ ले यो चलचित्रलाई यो बर्षकै सबैभन्दा बढि व्यापारिक हुने अनुमान लगाएका थिए, त्यस्तै सुरुवात भइसकेको छ।

‘धुम ३’ को ताजा बक्स अफिस आँकडा अनुसार रिलिजको दुई दिनमा नै एक सय नौ करोड कमाई भइसकेको छ। विश्वभर नै शुक्रवार रिलिज भएको यो चलचित्रको यो कलेक्शन विश्वव्यापी हो।

‘धुम ३’ ले शुक्रवार एक दिनमै भारतमा मात्र छत्तीस करोड कमायो जुन वलिउडको अहिलेसम्म कै सबैभन्दा बढि हो। यसअघि ‘चेन्नई एक्सप्रेस’को रेकर्ड चौँतिस करोड थियो जुन ‘धुम ३’ले तोड्न सफल भयो। बक्स अफिस अनुमानमा यो चलचित्रले सप्तान्नमा दुई सय करोडको व्यापार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu