रणबीर-कैटरिनाको इन्ट्रीले अनुरागको कार्यक्रम नै बिशेष



ranveer-kaitrina-togethjer
ठुलोपर्दा डटकम।
रणबीर कपूर र कैटरीना कैफ यस बर्ष आफ्नो ‘होलिडे पिक्चर’ मिडियामा आएपछि मिडियासँग बचिरहेका थिए। गत जुलाईमा यो जोडी स्पेनमा छुट्टी मनाउन गएका थिए। सो समयका प्राईभेट तस्विर एक म्यागजिनले प्रकाशित गरिदिएको थियो।

यो पुरा मामलामा बवाल नै भएको थियो। कैटरिनाले सञ्चार माध्यमलाई आफ्नो व्यक्तिगत जीवनसँग त्यती गहिरो सम्बन्ध नराख्न आग्रह गर्दै फोटो प्रकाशन ठिक नभएको टिप्पणी गरेकी थिइन।

यो मामलाबाट भागिरहेका रणबीर-कैटलाई सञ्चार माध्यमले जति खेदेपनि आफ्नो सम्बन्धको दरार आउने सम्भावनामा भने कुनै मतलव छैन। सोमवार साँझ भने मुम्बईको एक पार्टीमा यि दुईलाईऐ एकै ठाउँमा पाईयो। अनुराग कश्यपको आगामी ‘द वुल्फ’को बिशेष स्क्रिनिङ्मा रण-कैट एउटै कारमा आएका थिए।

कार्यक्रम अवधीभर रण-कैट निकै खुशी देखिन्थे। यिनिहरुका अलावा अनुष्का शर्मा, अरुणोदय सिंह, अर्जुन कपूर, किरण राव, अयान मुखर्जी, नसीरुद्दीन शाह समेत उपस्थित थिए। रणबीर-कैटरिना भने सो कार्यक्रम भर बिशेष बनिरहे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu