पहिलो हप्तामा ‘होस्टेल’लाई १ करोड ३० लाख



hostel-1st-weekठुलोपर्दा डटकम, काठमाण्डौ। गत साताबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल’ले पहिलो हप्तामा करिव एक करोड तीस लाख ग्रस कलेक्शन गरेको छ। युवा पुस्ताले बढि रुचाएको यो चलचित्रबाट अस्ताएको नेपाली सिनेमा बजार पुन: उठेको छ। वितरक गोबिन्द शाहिका अनुसार एक-दुई जनाले नियतवश एकाउन्न लाख ग्रस कलेक्शन भएको बताएपनि झण्डै डेढ करोडको व्यापार भएको दावी गरेका छन्।

ठुलोपर्दा डटकमसँग कुरा गर्दै शाहिले दोश्रो हप्ताको पहिलो दिन पनि अघिल्लो हप्ता जस्तै लगभग सबै हल हाउसफुल भएको बताए। ‘व्यापारमा पहिलो साता भन्दा कुनै कमि छैन, काठमाण्डौका मल्टिप्लेक्समा अझै पनि हाउसफुल छ। काठमाण्डौ बाहिर पनि केहि हल थपिएको छ’ शाहि बताउँछन्।

होस्टेलको व्यापारबाट हौसिएका निर्माता सुनिल रावलले एकाध गलत टिप्पणीले आफ्नो चलचित्रको व्यापारमा कुनै कमी नआएको दावी गरे। यो हप्ता पनि सोहि तरिकाको व्यापार हुनेमा आफु आशावादी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu