रणबीर-कैटरिनाको क्रिशमस र नयाँ बर्ष न्यूयोर्कमा



ranbeer-kait
ठुलोपर्दा डटकम।
पछिल्लो समय बलिउडमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको जोडी हो रणवीर कपुर र कैटरिना कैफ । नँया पुस्ताका कलाकारहरु मध्ये सफल अभिनेता–अभिनेत्रीको चर्चा पाइरहेका यि दुई जोडीले यसपटक संगै क्रिसमस र नँया वर्ष मनाउँदैछन् । मंगलवार रात यही कारणले दुई जोडी न्यूयोर्क प्रस्थान भएका छन् ।

अघिल्ला वर्षहरुमा आफ्नो परिवारसँग लन्डनमा क्रिसमस मनाउदै आइरहेकी कैटरिना र परिवारसँग स्वदेशमै मनाइहेका रणवीर यसवर्ष भने न्युयोर्कमा संगै मनाउदै गरेका हुन् । कैटरिनाले ‘धुम–३’ को प्रमोशनवाट विदा लिएर अनुराग बासुको ‘जग्गा जासुस’ चलचित्रको शुटिङवाट विश्राम लिएका रणवीरसंग क्रिसमस र नँया वर्ष मनाउने निर्णय गरेकी हुन् ।

जनवरीको दोश्रो सातामात्र यिनीहरु आफ्नो काममा फर्किने बताइएको छ । लामो समय देखि प्रेम सम्बन्धमा रहेका रणवीर–कैटरिनाको जोडी बिवाहमा परिणत हुने हल्लाह अहिले बलिउडमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu