स्टार एफएम म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक



star-award
ठुलोपर्दा  डटकम, काठमाडौं।
आफ्नो नवौँ बार्षिकोत्सवको अवसर पारेर स्टार एफ एमले आगामी माघ २० गते आयोजना गर्न लागेको पहिलो ‘ब्लु डायमन्ड स्टार एफएम म्यूजिक अवार्ड २०७०’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा राष्ट्रिय भावनाको गीत, लोकगीत, दोहोरी गीत, सुगम संगीत, चलचित्र एवं पप गीतका विभिन्न कलाकार एवं प्राविधिकलाई समेट्दै सिर्जनात्मक आधारमा मूल्यांकन गरी बिभिन्न २४ बिधामा वितरण गर्न लागिएका सबै बिधाहरुको मनोनयन सार्वजनिक गरिएको थियो । कार्यक्रममा एफ. एम.का अध्यक्ष प्रदिप उदयले सो अवार्ड वितरण कार्यक्रममा लामो समयदेखी रेडियोमा काम गर्दै आएका व्याक्तित्व मध्य एक जनालाई स्टार एफ.एम रेडियो सम्मान समेत प्रदान गर्ने घोषणा समेत गरे ।

स्टार एफएमले आफ्नो सुरुवातको गरिमामय ९ वर्षे यात्रा पूरा गरी १० वर्षमा प्रवेश गरेको अवसरमा स्रष्टा र सिर्जनाको मूल्यांकन गरी प्रोत्साहित गर्ने उद्देश्यले ब्लु डायमन्ड स्टार एमएम म्यूजिक अवार्ड २०७० को आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

नेपाली गीत संगीतको प्रबद्र्धन, संरक्षण र विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्टार एफएमले अवार्डको माध्यमबाट गीतसंगीतका स्रष्टा र सिर्जनालाई प्रोत्साहन गर्ने उद्धेश्यले यो अवार्ड वितरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu