‘धुम ३’ का चार रेकर्ड | पाँच दिनमा २३३ करोड कारोबार



dhoom-3
ठुलोपर्दा डटकम।
आमिर खानको नयाँ चलचित्र ‘धुम ३’ले बक्स अफिसमा लगातार रेकर्ड ब्रेक गरिरहेको छ। गत शुक्रवार रिलिज भएको यो चलचित्रले पाँच दिनमा २३३ करोडको कारोबार गरि सर्वाधिक व्यापार गर्ने चलचित्र दरिईसकेको छ।

ट्रेड एनलिस्ट तरण आदर्शको ट्विटलाई आधार मान्दा ‘धुम ३’ले मंगलवार सम्म भारतमा मात्रै १४९.४६ करोड साथै विश्वभरको आँकडामा २३३.५७ करोडको कारोबार गरेको छ। ‘धुम ३’ भारतको अहिलेसम्मकै ठुलो सिनेमा रिलिज हो। यो चलचित्र पैँतालिस सय हलमा चलेको छ। यो चलचित्रले एडभान्स बुकिङ्मा पनि ब्ल्कबस्टर चलचित्रलाई पछारेको थियो।

विजय कृष्णल आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा आमिरको अलावा अभिषेक बच्चान, उदय चोपडा र कैटरीना कैफको मुख्य अभिनय रहेको छ।

‘धुम ३’ का हालसम्मका चार रेकर्ड
१. ओपनिङ् रेकर्ड
यस चलचित्रले ओपनिङ्मा सबैभन्दा बढि कारोबारको रेकर्ड बनायो। रिलिजको पहिलो दिन भारतमा करीब ३६ करोड सहित विश्वभर ५७ करोड को कारोबार भएको थियो। ‘चेन्नई एक्सबप्रेस’ ले ओपनिङ् दिनमा ३३.१ करोड, ‘एक था टाइगर’ ले ३२.९२ करोड र ‘क्रिश ३’ ले २५ करोड कमाएका थिए।

२. तेज सयकडा
‘धुम ३’ ले रिलिजको तीन दिनमा नै सय करोड पुरा गर्न सफल भयो। यसअघि ‘चेन्नई एक्सप्रेस’ले चार दिनमा सो यात्रा पार गरेको थियो। ‘धुम ३’ ले तीन दिनमा १०७.६१ करोडको कारोवार गर्यो्।

३. पाकिस्तानमा रेकर्ड
यो चलचित्रले पाकिस्तानमा पनि रेकर्ड तोडेको छ। पहिलो दिन ५६ स्क्रिनमा दुई करोड कमाउँदै पाकिस्तानी चलचित्र ‘वार’को रेकर्ड तोडिएको हो। ‘वार’ले १ करोड ५० लाख मात्र कारोबार गरेको थियो। ‘धुम ३’को सफलता देखेर पाकिस्तानमा दिनमा पाँच शो सम्म प्रदर्शन भईरहेको छ।

४. आइम्याक्स थिएटरमा रिलिज हुने पहिलो चलचित्र
‘धुम ३’ आइम्याक्स थिएटरमा रिलिज हुने पहिलो चलचित्र हो। भारतभर करीब पाँच वटा आइम्याक्स थिएटरमा छन्। मुंबई, हैदराबाद तथा बेंगलुरु शहरमा यी थिएटर छन्। यी थिएटर यो चलचित्रको टिकट महंगो छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu