बिमलेशले फुल दिँदै नम्रतालाई भने, ‘आई लभ यु’ | फोटो फिचर



namrata-bimlesh
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘भ्यालेण्टाईन डे’ नआउँदै नायक बिमलेश अधिकारीले नायिका नम्रता श्रेष्ठलाई प्रेम प्रस्ताव राखेका छन्। राजधानीको बज्र होटलमा गुलाबको फुल दिँदै बिमलेशले नम्रतालाई प्रस्ताव गरेता पनि उनले स्विकार्छिन या स्विकार्दिनन् त्यो थाहा पाउनको लागि भने केहि दिन कुर्नुपर्ने हुन्छ।

namrata-bimlesh2
समन अधिकारीले निर्देशन गरेको ‘मैले झैँ मर्ने बारे …’ बोलको गीतमा माथी उल्लेखित नम्रता र बिमलेशका दृश्य देख्न पाईनेछ। पूर्णतया प्रेमकथालाई आधार मानेर सो भिडियो बनाईएको निर्देशक अधिकारीले ठुलोपर्दा डटकमलाई बताए।

namrata-bimlesh3
अर्जुन पोखरेलको संगीतमा अञ्जु पन्त र ईश्वर पोखरेलले गाएको सो गीतको भिडियोलाई हरि हुमागाईँले छायांकन गरेका छन्। ‘रेड फोर के’ क्यामेराले खिचिएको सो भिडियोको पोष्ट प्रडक्शन रेस्क्यु क्रियशनमा हुनेछ।

namrata-bimlesh4

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu