ह्याप्पी बर्थडे सलमान खान | अट्चालिस बर्षमा प्रवेश



salman-khan-bday
ठुलोपर्दा डटकम, मुम्वई।
 बलिउड स्टार नायक सलमान खानको शुक्रवार जन्मदिन परेको छ । शुक्रवारबाट ४८ औं बर्षमा प्रवेश गरेका नायक खानले आफ्ना साथीभाई तथा सहपाठीहरुलाई जन्मदिनको अवसरमा बिहिवार राती नै एक पार्टी दिईसकेका छन् ।

४८ बर्षसम्म पनि अविवाहित नायक सलमानले आफ्नै फार्म हाउसमा आयोजना गरेको बर्थडे पार्टीमा उनलाई शुभकामना दिन नायक आमिर खान सहित एली अब्राहम, अनिल कपुर, सुनिल सेट्टी लगायतका सेलिब्रेटीहरु उपस्थित भएका थिए ।

हालसम्म प्रदर्शनमा आएका अनी नाम चलेका मध्य पर्ने प्रायः सबैजसो चलचित्र बलिउडका सफल चलचित्रमा गनिन्छन् । त्यसैले पनि सलमान भने पछी हुरुक्कै हुने विश्वभर थुप्रै फ्यानहरु छन् । धेरै फ्यानहरुबाट ‘सल्लु’ नामको उपमा पाएका सलमानलाई जन्मदिनको शुभकामना दिन बिहिवार राति उनले पार्टी दिएको ठाउँबाहिर फ्यानहरुको भिड लागेको भारतिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सलमानले अभिनय गरेको पछिल्लो चलचित्र ‘जय हो’ आउँदो जनवरी २५ तारिखबाट विश्वब्यापीरुपमा प्रदर्शनमा आउँदै छ । प्रोमो रिलिजसँगै ब्यापक चर्चामा आइसकेको उनको उनको यो चलचित्रले प्रदर्शन पश्चात बलिउडका धेरै रेकर्डहरु तोड्ने अपेक्षा उनका फ्यानहरुले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu