ऋतिककी पूर्वपत्नीले गुजारा भत्ता भन्दै मागिन् सय करोड



hritik-sussaneठुलोपर्दा डटकम। बलिउड नायाक ऋतिक रोशन र उनकी पत्नी सुजैन रोशनको सम्बन्ध अब सामान्य छैन, यो कुनै नौलो समाचार होइन। यहि महिना ऋतिकले आफ्नो अमेरिका दौरानको क्रममा एक स्टेटमेंट जारी गरी आफुसँग अब सुजैन नरहेको स्पष्ट पारेका थिए।

सुजैन ऋतिकसँग १७ बर्ष पुराको सम्बन्ध तोड्न चाहेकी थिइन। सोहि अनुरुपनै उनिहरु सम्बन्ध बिच्छेद गरेका थिए। दुई छोरा रिहान र रिदान अहिले सुजैन को साथमै छन्। छुट्टाछुट्टै जीवन चलाउन थालेता पनि छोराहरुलाई नकारात्मक असर नपरोस भनेर सुजैन र ऋतिक विद्यालयको बार्षिकोत्सवमा एकसाथ आएका थिए।

त्यसपछि ऋतिकके क्रिशमस एक्लै मनाएका थिए। २६ डिसेम्बरमा सुजैल छोराहरु लिएर न्यूयोर्क लागेकी छिन्। यसैबीच एक समाचार आएको छ जसका कारण बलिउड फेरी तातेको छ।

ऋतिकसँग छुट्टिएपछि सुजैनले एक सय करोड मागेको ताजा समाचार अहिले चर्चामा छ। भारतिय सञ्चार माध्यमका अनुसार सुजैनले गुजारा भत्ता भन्दै सो रकम माग गरेकी हुन्। १७ बर्षसम्म रोशन परिवारमा रहेको आधारमा सो रकम ठुलो नभएको सुजैनको भनाई छ। बच्चो शिक्षा-दिक्षाको लागि सो रकम खर्चिने सुजैनले बताएकी छिन्।

भारतिय सञ्चारमाध्यमका अनुसार ऋतिकको लागि एक सय करोड कुनै ठुलो कुरा होइन, किनकी उनिसँग पन्ध्र सय करोडको सम्पत्ती रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu