‘कोर्ट मार्शल’ हेरेपछि बाबुरामको प्रतिक्रिया- कलाकर्मीहरूलाई हौसला दिउँ



rajesh-hamal-court-marshal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पूर्व प्रधानमन्त्री तथा एनेकपा माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सुप्रसिद्ध भारतीय नाटककार स्वदेश दीपक लिखित नाटक तथा नेपाली नाट्यकर्मी अनुप बराल निर्देशित ‘कोर्ट मार्शल’ हेरेपछि प्रतिक्रिया दिएका छन्। शनिवार आफ्नो फेसबुक पेजमा भट्टराईले कलाकर्मीहरूलाई सबैले हौसला प्रदान गर्नुपर्ने जनाउँदै कला क्षेत्र समाजको दर्पण र समाज रुपान्तरणको सशक्त माध्यम भएको जनाएका छन्।

बाबुरामको प्रतिक्रिया जस्ताको त्यस्तैः
baburam-court-marshal-status

‘अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्शल’ हेर्दा नेपाली कला क्षेत्रले हासिल गर्दै गएको उच्च स्तरबाट निकै ठुलो गौरवको अनुभूति भयो । बधाइ तथा धन्यवाद सम्पूर्ण नाट्य परिवारलाई !

कला क्षेत्र समाजको दर्पण र समाज रुपान्तरणको सशक्त माध्यम हो । कलाकर्मी राष्ट्रका अमूल्य निधि र समाज रुपान्तरणका अग्रणी अभियन्ता हुन् । हाम्रा कलाकर्मीहरूलाई हामी सबैले हौसला प्रदान गरौं !’

सो नाटकमा आर्मी अफिसरबीच घटेको गम्भीर घटनामा समाजिक यथार्थलाई उतार्न खोजिएको छ। यो नाटकको नेपाली संस्करण यतिबेला राजधानीमा मञ्चन भइरहेको छ। सो नाटकमा कलाकार राजेश हमाल, दयाहाङ राई, दिया मास्के, कर्मा, विक्रम परियार, राज थापा (काउचा), मनीष निरौला, एलेन गुरुङ, अनोज पाण्डे, सुशील सिटौला, बीएस राना, सुबिमा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, रोयदीप श्रेष्ठ, सुरज ठकुरी, मदन श्रेष्ठ, प्रदीप खड्का, नोबेल उप्रेती लगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu