‘रापती म्युजीक अवार्ड-२०७०’ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक



rapati-music-award-2070
ठुलोपर्दा डटकम, काठमाण्डौ।
 श्रृजनाकर्मीहरुलाई हौसला प्रदान गरी प्रोत्साहित गर्न विगत तिन वर्ष देखी आयोजना गरिँदै आईएको ‘रापती म्युजीक अवार्ड-२०७०’ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । सामाजिक दायित्व वहन गर्दै सामाजिक विकास, चिन्तन तथा सिर्जनात्मक कृयाकलाप गरी राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा राप्ति अञ्चललाई ख्याति दिलाउनका स्थापीत भएको संस्था ‘रापति समाज काठमाण्डौ’ले हरेक बर्ष प्रदान गर्दै आएको यो अवार्डको यो बर्षको लागी बिभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो ।

विगतमा राप्ति अञ्चलका श्रष्टाहरुलाई मात्र प्रदान गरिँदै आईएको यो अवार्डलाई यो बर्ष देखी अझै वृहत बनाउँदै देश भरीका स्रष्टा र सिर्जनाको प्रतिस्पर्धाको लागी ढोका खुल्ला गरिएको छ ।  नेपाली लोक संगीत, सुगम संगीत तथा संगीतका विभीन्न विधागत संरचनालाई समेटेर यसरी गर्दै आएको ‘राप्ति म्यजिक अवार्ड’ मुलतः सामाजिक परिवेशले निर्माण भएको रापति समाज काठमाण्डौले यस किसीमको गतिविधि वाट नेपाली कला, सँस्कृति एवं साहित्यको उत्थानमा योगदान पुग्ने आशा राखेको आयोजना गरिँदै आएको अवार्ड कार्यक्रम हो ।

सोमवार सार्वजनिक उत्कृष्ट ५ मनोनयन निर्णायक सदस्यको रुपमा रहेका वरिष्ठ लोकगायीका कोमल ओली, प्रविधिक संगीतकर्मी वुद्ध सायमी तथा निर्णायक संयोजकको रुपमा वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियको जुरीले समाजलाई प्राप्त भएका गीत–संगीतको मुल्याङ्कन गरी मनोनयनमा परेका मध्यबाट उत्कृष्ट ५ गीत संगीतका विभिन्न विधालाई सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu