इजरायलमा दिपकराजले हँसाए, शिव र टिकाले नचाए



deepak-raj-giri-israelठुलोपर्दा डटकम, इजरायल। हाँस्यअभिनेता दिपक राज गिरीले इजरायलबासी नेपालीलाई पेट मिचीमिची हँसाएका छन्। इजरायली समयअनुसार शुक्रवार साँझ हेल्पिंग हेण्ड इन इजरायलले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि हुन कलाकारको टोली नै त्यहाँ पुगेको थियो।

सो कार्यक्रममा गायक शिव परियारले आफ्ना आधुनिक गीतहरु गाएका थिए भने लोक गायिका टिका पुनले तीजका गीत प्रस्तुतु गरेकी थिइन्। कार्यक्रममा नेपाली चलचित्रका निर्देशक सुमन दाहालको उद्घोषण रहेको थियो। अन्तरास्ट्रिय कलाकार समाज इजरायल तथा अन्तरास्ट्रिय कलाकार मंच इजरायलका कलाकारहरुको समेत प्रस्तुति रहेको सो कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईँको प्रमूख आतिथ्यता रहेको थियो। इजरायलमा कार्यरत नेपालिहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा इजरायलमा क्रियाशिल नेपाली संघसंस्था तथा सञ्चार माध्यमका प्रतिनिधीहरुको समेत सहभागिता थियो।
israel-prg-1कार्यक्रममा बोल्दै राजदुत प्रसाईँले हेल्पिंग हेण्डस इन इजरायलको उदाहरणीय कामको प्रसंसा गर्नुभएको थियो। उहाँले सम्पूर्ण नेपालीलाई तीजको शुभकामना दिनुभएको थियो। साथै सोहि अवसरमा दरखाने कार्यक्रम पनि राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu