एमाओवादी अध्यक्ष प्रचण्ड अब ‘मेरी बास्सै’मा देखिने



prachanda-ghanashyam
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाँस्य व्यंग श्रृंखलाहरुमा राजनितिक नेताहरुको नक्कल गर्ने कलाकारहरुले चर्चा पाईरहेका छन्। केहि टेलिश्रृंखलाहरुमा राजनितिक मसला प्रस्तुत गरिरहेका एमाओवादी अध्यक्ष प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम अहिले नेपाल टेलिभिजनको चर्चित कमेडी सिरियल ‘मेरी बास्सै’मा प्रचण्डको भुमिकामा आउन थालेका छन्।

घनश्यामको कलाबाट प्रभावित सो सिरियलका निर्देशक सिताराम कट्टेल ‘धुर्मुस’ले ‘मेरी बास्सै’मा घनश्यामलाई अनुबन्धित गरेका हुन्। कालो सुट, चस्मा, नक्कली जुंगा टांसे पछि दुरुस्तै प्रचण्ड जस्ता देखिने कलाकार गौतम हाँस्य व्यंग सिरियलमा चर्चा कमाएकै कारण हिजो आज विभिन्न महोत्सव तथा स्टेज कार्यक्रमहरुमा व्यस्त हुन थालेका छन्।

झापा जिल्लाको गौरादह, (जोरघरें) मा जन्मिएका गौतमले बि.स.२०५१ साल देखी कलाकारिता यात्रा सुरु गरेका हुन्। हातेमालो सञ्चार बाट हातेमालो रेडियो कार्यक्रम हुँदै सर्वनाम नाट्य संस्था बाट सयौँ सडक नाटक गरी एम.आर्ट थियटर बाट अभिनय कोर्ष पुरा गरी रंगमञ्चमा होमिएका हुन्। अभियान थियटरका अध्यक्ष रहेका कलाकार गौतम रंगमञ्च बाट आए पनि अहिले उनि हाँस्य ब्यंग कलाकारको रुपमा आफ्नो परिचय बनाएका छन्।

अहिले हाँस्य व्यंग सिरियलहरुमा नक्कली नेताको रुपमा घनश्याम गौतम(प्रचण्ड), ज्योती काफ्ले (बाबुराम), सिताराम कट्टेल (के.पी.ओली), दमन रुपाखेती (देउवा), कमल मैनाली (माकुने), राजा राजेन्द्र, प्रदिप सिलवाल (शुशिल कोइराला) र बिपना बस्नेत (हिसिला यमि)को रुपमा स्थपित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu