शाहरुखलाई ‘धुम’ सनक | ‘डन ३’ बनाएर बबाल मच्चाउने



don-3-shaharukh-khanठुलोपर्दा डटकम, मुम्बई। ‘क्रिस-३’ देखी ‘धुम-३’ ले चलचित्र बजारमा धुम मच्चाईरहँदा अभिनेता शाहरुख खानले चलचित्र ‘डन’को सिक्वेलको रुपमा तेस्रो पटक ‘डन–३’ आउने घोषणा गरेका छन्। हाल फिल्म ‘ह्याप्पी न्यु इयर’को छायांकनमा व्यस्त सोमवार खानले ट्विटरमा लेखेका छन्,‘पछिल्लो समय ‘सिक्वेल’ फिल्म सुपर डुपर हिट भएका छन्, यसै क्रममा डनको ‘सिक्वेल’को रुपमा ‘डन–३’ बनाउने बारे हामी स्क्रिप्टको परामर्श गर्दै छौं।’

नजिकिँदै गरेको नयाँ वर्ष २०१४ को शुभकामना दिँदै खानले ‘डन–३’ अझ शसक्त र ब्लकबस्टर कसरी बनाउने भन्ने बारे छलफल भईरहेको पनि बताएका छन्। सन् १९७८ मा बनेको ‘डन’ नामक पहिलो चलचित्रमा डनको भुमिकामा अमिताभ बच्चनले अभिनय गरेका थिए। ‘डन’कै ‘रिमेक’को रुपमा शाहरुख खान अभिनित अर्को डन सन २००६ मा निर्माण गरियो।

सो डन हिट भएपछि सन २०११ मा शाहरुख खानकै प्रमुख भूमिकामा ‘डन–२’ निर्माण गरिएको थियो, सो चलचित्रले पनि राम्रै रेकर्ड राख्न सफल भएको थियो। पछिल्लो समय बलिउडमा ‘सिक्वेल’ सिनेमाले उल्लेख्य व्यापार गर्दै आएका छन्। पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र ‘क्रिस–३’ ले राम्रो कलेक्सन गर्यो भने र अहिले प्रदर्शनमा रहेको आमिर खान अभिनित चलचित्र ‘धुम–३’ले सबैतिर हिट भईहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu