बोलायो बोलायो सानु पोख्रेली मायाले | भिडियो



bolayo-bolayo
श्यामसुन्दर गिरी, काठमाण्डौ। 
हिजो आज टेलिभिजन च्यानल र एफ.एम रेडियोमा गायक सपन श्रेष्ठको ‘बोलायो बोलायो सानु पोख्रेली मायाले’ बोलको गीतले उच्च स्थान पाएको छ । करीब ८ बर्ष अगाडि संगीतमा प्रबेश गरेका गायक सपनले २०६४ सालमा पहिलो एल्बम चाहना लिएर संगीतको चाहना मेट्न आएका थिए ।

उक्त समयमा उनले रिमिक्स गरेका गीत तिमी त्यसै लजायौ म उसै धकाए बोलको गीत निकै चर्चित थियो यसो त अहिले पनि सो गितको डिमान्ड उत्तिकै छ । पहिलो एल्बम चाहनामा समाबेश गरिएको गीत ‘ए गोरी’ हिट्स एफ.एम म्युजिक अवार्डमा न्यू आर्टिस्ट को बिधामा नोमिनेशनमा परेपछी गायक श्रेष्ठमा सांगीतिक प्यास बड्दै गयो र उनको यात्रा निरन्तर रुपमा अगाडि बढ्यो ।

श्रेष्ठले आफ्नो प्रतिभालाई अझ उचित रुपमा प्रस्तुत गर्ने मौका प्राप्त गरेका थिएनन त्यसैले केही पाउन केही सँघर्स गर्नै पर्छ भन्ने सोचाइेले दोस्रो एल्बम तिम्रो यादमा रिलिज गरेका थिए । जसमा तिम्रो यादमा, सालिको बोलिमा, मुसुमुसु हासिदेउ, हिमाल जस्तो शिर मेरो (देशभक्ती गीत) जुन गीत इमेज एफ.एम म्युजिक अवार्ड्मा राष्ट्रिय भावनाले ओतप्रोत गीतको विधामा नोमिनेशनमा परेको थियो भने अर्को राष्ट्र प्रती समर्पित गीत आउ नेपाल आमा बिन्दबासिनी म्युजिक अवार्डमा नोमिनेशनमा परेको थियो । तथापी आफ्न गीतहरु नोमिनेसनमा परेर पनि अवार्ड नपाउँदा उनी कत्ती पनि बिचलित भएनन र निरन्तर अगाडि बढ्दै गए ।

गायक सपन श्रेष्ठले एल्बम बाहेक केही नेपाली चलचित्रमा पनि आफ्नो आवाज दिएका छन । उनले चलचित्र चिहानमा प्ले ब्याक सिङगरको रुप काम गरिसकेका छन भने अब छिट्टै नै’साचो नाटक जिन्दगी’मा पनि काम गर्दैछन् ।

गायक श्रेष्ठले केही समय अघी तेस्रो एल्बम ‘भुन्टे दाई’ रिलिज गरेका छन् । जसमा बोलायो बोलायो, भुन्टे दाइे, मेरो देश नेपाल, भनेकै त थिए, एक्लो छु म आज, सबै भन्दा ठुलो घात, जब तिम्रो आँखामा गरी ७ वटा गीत समावेश गरेका छन । यि मध्यका ४ वटा गीतको म्युजिक भिडियो समेत निर्माण गरिसकेका छन् तर अहिले उनले प्रमोसनल गीतको रुपमा एल्बम को पहिलो गीत बोलायो बोलायो सानु पोख्रेली मायाले लाई प्रस्तुत गरेक छन । जुन भिडियोमा पछील्लो समय युवापुस्ताबीच निकै लोकप्रिय बनेको छ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu