कैटरिनाले बिवाह प्रस्ताव अस्विकार गरेपछि रणबीरलाई तनाव



ranbeer-kaitrina
ठुलोपर्दा डटकम।
रणबीर कपुर पाए तुरुन्तै बिहे गर्न राजी हुने हजारौँ युवती छन् तर रणबीरको दिल भने कैटरिनाको लागि धड्किरहेको छ। रणबीर कपुर र कैटरिना कैफको प्रेम सम्बन्ध अहिले सबैलाई थाहा भइसकेको कुरा हो तर यो जोडीले कहिले विवाह गर्छ यो थप चर्चाको बिषय बनेको छ।

स्पेन भ्रमणको गोप्य तस्विर  बाहिरिएपछि थप तनाव ब्यहोरेका रणबीर-कैटले छिट्टै बिहे गर्ने हल्लाले बलीउड तातेको थियो। रणबीरले पनि बिबाहको तयारीबारे बोलेका थिए तर अहिले रणबीर फेरी तनावमा परेका छन् त्यो पनि आफ्नै प्रेमीका कैटरिनाकै कारण। कैटरिनाले बिवाह प्रस्ताव अस्विकार गरेपछि रणबीरलाई तनाव भएको छ।

करियर हेर्नुपर्ने भन्दै कैटले तत्काल बिहे गर्ने रणबीरको प्रस्ताव अस्विकार गरेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन्। करन जौहरको ‘कफि विथ करन’मा बलीउड नायिका करिना कपुर खानले कैटरिनालाई ‘भाउजु’ भनेर सम्बोधन गरेपछि उनिहरुको सम्बन्ध अझै चर्चामा आयो तर चर्चाबीच कैटले रणबीरलाई निराश बनाएकी छिन्।

कैटले करियर चिन्ताले नै बिवाह अस्विाकर गरिन् अथवा अन्य कुनै व्यक्तिगत कारण त्यो भने थाहा भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu