मुम्बई पुगेर तीजका गीतमा नाचे राजेश हमाल



rajesh-hamal-mumbai-prg
विकाश लामिछाने, मुम्बई।
नायक राजेश हमाल तीजका गीतमा छमछमी नाच्न मुम्बई पुगेका छन्। जनचेतना सरोकार मञ्चले आयोजना गरेको तीज बिशेष कार्यक्रममा सहभागिता जनाउन उनि मुम्बई पुगेका थिए।

हमाललाई स्टेजमा देखेपछि तालीको पर्रा छुटेको थियो। नाचगान पछि हमालले ठुलोपर्दा डटकमसँग कुरा गर्दै यसपालीको तीजमा महाराष्ट्रमा रहेका नेपाली बीच नाचगान गरेर रमाउने इच्छा अनुसार मुम्बई आएको बताए। बिशेष गरी कार्यक्रम स्थलमा उपस्थित सुदुरपश्चिमका नेपालीलाई आफुले धेरै सम्झने बताए। ‘सुदुरपश्चिम वासीले बिशेष गरी मेरा चलचित्रहरु हेरेर मलाई सफल अभिनेता बनाउनुभएको छ’ हमालले बताए।
rajesh-hamal-mumbai-1
लामो समयदेखी मुम्बई बस्दै आएका मोडलहरु प्रकास बिसी र खुश्बु भट्टराईले कार्यक्रममा देखाएको नृत्यलाई दर्शकले निकै मन पराएका थिए। गायक सञ्जय सोनी, गायिका पुजा बस्नेत, नायिका एलिना बस्नेत, कलाकार मुरलीधर लगाएतका अन्य कलाकारहरुले बिशेष प्रस्तुती दिएका थिए।
rajesh-hamal-mumbai-2
सोही कार्यक्रमको अवसरमा नयाँ चलचित्र ‘अछाम टु मुम्बई’को घोषणा समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu