वरिष्ठ गायक फत्तेमानलाई फोक्सोमा क्यान्सर



phatteman-raj-bhnadariठुलोपर्दा डटकम, काठमाण्डौ। वरिष्ठ नेपाली गायक फत्तेमान राजभण्डारीलाई फोक्सोको क्यान्सर भएको छ। राजभण्डारीको हाल चाहबहिलस्थित ओम हस्पिटलको सघन कक्षमा उपचार भइरहेको छ।

विसं १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन्। उनका ‘मर्न बरु गाह्रो हुन्न …’, ‘यस्तो पनि हुँदो रहेछ …’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ …’, ‘वनै खायो डडेलोले मनै खायो…’ जस्ता हृदयस्पर्शी साथै ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो …’ जस्ता राष्ट्रिय गीतहरु बहुचर्चित छन्।

वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सघाउन आग्रह गरेका छन्। राजभण्डारी सो परिषद्का उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu