राप्ती साहित्य परिषदको भवन निर्माणार्थ श्रेष्ठको एकल साँझ



 ठुलोपर्दा डटकम, काठमाण्डौ। चर्चित युवा संगीतकार एवंम गायक सन्तोष श्रेष्ठको एकल साँझ हुने भएको छ । यहि माघ २१ गते दाङको घोराहीमा गायक श्रेष्ठको एकल साँझ हुने भएको हो । राप्ती साहित्य परिषद दाङले आइतवार काठमाडौमा पत्रकार सम्मेलन गरि एकल साँझका बारेमा जानकारी दिएको हो ।

परिषदका अध्यक्ष पुरुषोत्तम खनालले पत्रकार सम्मेलनमा राप्ती साहित्य परिषदको भवन निर्माणको सहयोगका लागी आयोजना गर्न लागिएको जानकारी दिनुभयो । परिषदको आयोजनामा हुने सो कार्यक्रममा संगीतकार श्रेष्ठले आफुले अहिले सम्म गायका तथा संगीत गरेका लोक तथा सुगम संगीतका गीतहरु प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

santosh-1
श्रेष्ठको संगीतमा रहेको ‘तिमीले पराई ठानेपछि …’ लगाएतका गीतहरु चर्चित छन् । श्रेष्ठको संगीतमा देशका चर्चित गायक-गायीका तथा भारतिय गायक-गायीकाले स्वर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu