नेपालीको चलचित्र न्यूयोर्क फिल्म फेस्टिवलमा छनौट



dil-shrestha-the-treason1ठुलोपर्दा डटकम, काठमाण्डौ। अमेरिकामा बस्दै आएका दुई नेपालीले बनाएको अंग्रेजी चलचित्र न्यूयोर्क फिल्म फेस्टिवलमा नोमिनेशनमा परेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा बस्दै आएका नेपाली दिल श्रेष्ठ र जसबसन्त श्रेष्ठले संयुक्त रुपमा बनाएको चलचित्र ‘द ट्रिजन’ १४ सय चलचित्रहरु मध्येबाट छनौटमा परेको हो।

दिल श्रेष्ठ आँफैले निर्देशन गरेको सो चलचित्रले सेप्टेम्बर १८ देखी २१ सम्म लसएन्जलसको हलिउडमा हुने फेस्टिवलमा अवार्डको लागि प्रवेश पाउने बताईएको छ। निर्माता तथा निर्देशक दिल श्रेष्ठले ठुलोपर्दा डटकमसँग अनलाइन कुराकानी गर्दै न्यूयोर्क फिल्म फेस्टिवलमा हुने अवार्डमा नेपालीले बनाएको चलचित्र छनौट हुनु आँफैका गर्वको कुरा रहेको बताए।

श्रेष्ठले कुनै न कुनै विधामा आफ्नो चलचित्रले अवार्ड पाउने आशा रहेको बताए। हाल ट्रेलर र पोष्टर सार्वजनिक भएको ‘द ट्रिजन’ प्रदर्शन भएको छैन। यो चलचित्र पूर्ण रुपमा अंग्रेजी भाषामा बनेको छ। प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा निर्माता जसबसन्त श्रेष्ठले कथा तथा अभिनय रहेको छ। आफुले अत्यन्त माया गर्ने श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेपछिको कथा यो चलचित्रमा पाईन्छ।
the-treason
श्रेष्ठसँगै सो चलचित्रमा मोबिन खान, अलेक्जेण्ड्रा क्यास्त्रो लगाएतले पनि अभिनय गरेका छन्। ड्रामा, रोमाञ्स र थ्रीलरको मिश्रण यो चलचित्रमा रहेको छ। ‘द ट्रिजन’ २६ मिनेट लामो छ। चलचित्रमा क्रिस वारेन र सुर्य श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ।

Trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu