प्रियांकालाई जितिन् परनितीले



priyana-vs-parinitiठुलोपर्दा डटकम, काठमाण्डौ। शुक्रवार वलिउड नगरीमा दुई चलचित्र रिलिज भए । ति हुन् सुपरस्टार प्रियंका चोपरा अभिनित ‘जन्जिर’ र नायिका परनिती चोपरा अभिनित ‘शुद्ध देशी रोमान्स’ । तर यि दुई चोपरामध्ये ३० करोडमा निर्माण भएको परनिती अभिनित चलचित्रले पहिलो दिन ७ करोड कमाएर बक्स अफिसमा बढी रेकर्ड राखेको छ ।

७० करोडमा बनेको प्रियंकाको ‘जन्जिर’ ले भने ३.७५ देखि ४ करोडसम्मको व्यापार गरेको ट्रेड वेभसाईट कोइमोइ डटकमले उल्लेख गरेको छ ।

ठुलो लगानीमा त्यही माथी चर्चित अभिनेत्री प्रियंका चोपराको अभिनयमा बनेको चलचित्र ‘जन्जिर’ लाई अर्की परनिती चोपरा अभिनित त्यो भन्दा कम लगानीको चलचित्रले जितेपछि दुई चोपराविचको पेशागत लडाई शुरु हुने अड्कलवाजी भारतीय फिल्मी नगरीमा अहिले चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu