दुई खानसंग रोमाञ्स गर्ने दिपिकाको चाहना



[one_half last=”no”]deepika
[dropcap]चा[/dropcap]हना सबैसंग हुन्छ चाँहे त्यो जस्तोसकै चर्चित व्यत्ती नै किन नहोस् । पछिल्लो समय बलिउडमा आफ्नो अभिनयले कब्जा जमाइरहेकी बहुप्रतिभाशाली नायिका दिपिका पादुकोणसंग पनि कसैसंग अभिनय गर्न पाँउ भन्ने चाहना रहेछ जुन उनले खुलासा गरेकी छिन् ।

दिपिकाले भारतीय संचारमाध्यमहरुसंग कुरा गर्दै आफुलाई दुई[/one_half]चर्चित खान– आमिर र सलमान सहित रितिक रोशनसंग फिल्म खेल्न मन लागेको बताएकी छिन् ।

दिपिकाका यि तीनसंगको चाहना मध्ये दबंग अभिनेता सलमानसंगको चाहना निर्देशक सुरज ब्रजत्याले पुरा गर्ने पक्कापक्की देखिन्छ । उनले सलमानसंग अभिनेत्री दिपिकालाई आफ्नो आगामी चलचित्रमा अभिनय गराउने हल्लाह बलिउडमा चलेको हो ।

श्रोतका अनुसार दिपिकाले आफ्नो आगामी चलचित्रमा आमिर खानको जोडी भएर आउने मौका पाइसकेकी छिन् । फरहान अख्तार र रितेश सिध्वानीले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रमा यि दुई जोडीलाई संगै देखाइने तयारी भएको बताइएको छ ।

आउँदो जुलाई या अगष्टवाट उक्त चलचित्रको शुटिङपनि शुरु हुने तयारी भइसकेको समाचारमा उल्लेख छ । दिपिकाको दुई खानसंग चलचित्र खेल्ने चाहना पुरा भयो भने उनको अभिनयले कस्तो रुप पाँउला त्यो त अहिले भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu