शिल्पा पोखरेल बनिन् छविराजकी नयाँ हिरोईन



Shilpa-Pokhrelठुलोपर्दा डटकम, काठमाण्डौ। दुई दशक पुराना निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढि कलाकार जन्माउने निर्माता हुन्। ‘युगदेखी युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा थापा, आर्यन सिग्देल लगाएतका थुप्रै बहुचर्चित कलाकारहरुलाई कला भित्रको जीवन दिएका छन्।

मंसिर २१ मा रिलिज तोकिएको ‘लोफर’बाट रजनी केसीलाई नायिका बनाएका ओझाले नयाँ चलचित्र बनाउँदै छन्। यो चलचित्रबाट पनि उनले नयाँ अनुहार भित्र्याउँदैछन्। म्यूजिक भिडियोमा अभिनय गरिरहेकी शिल्पा पोखरेल नयाँ चलचित्र ‘लज्जा’की नायिका बन्दैछिन्। पोखरेल आर्यन सिग्देलको जोडी बन्दैछिन्।

यसअघि ‘श्रीमान’ र ‘महशुस’ निर्देशन गरेका नवल नेपाल ‘लज्जा’का निर्देशक हुन्। दुईवटै चलचित्र हिट बनाएका नेपाल सफल निर्देशकमा गनिन्छन्। उनले ‘लज्जा’लाई कार्तिक चार गते देखि एक्शन कट गर्दैछन्।

२०७१ सालको बैशाखमा रिलिज गर्ने लक्ष्य रहेको ‘लज्जा’मा निर्देशक स्वयंकै पटकथा रहने बताईएको छ भने चन्द्र पन्तको द्धन्दनिर्देशन र मदन कास्यप घिमिरेको छायाँकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu