‘सायद’ बजारमा आयो



monica's-sayadबैकुण्ठ पराजुली, काठमाण्डौ। गायिका मोनिका लिम्बुको पहिलो गीति एल्बम ‘सायद’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा मोनिकाको ‘सायद’ विमोचन गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रका हस्ती मानिने बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले एल्बमको विमोचन गरेका थिए । यो एल्बममा न्यूहु बज्राचार्य, धिरज राई र मोनिका लिम्बुको पनि संगीत रहेको छ । एल्बममा समावेश गीतमा दुर्गालाल श्रेष्ठ, सन्तोष थपलियाले शब्द कोरेका छन् ।

एल्बम विमोचन समारोहमा संगीतकार सुरेश अधिकारी, निर्माता बाबुराम दाहाल, एल्बमका संगीतकार न्यूहु बज्राचार्य, डीआइजी गणेश राई लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu