महाराष्ट्रकी डान्सबार बनिन् दिपिका



dancebar-girl-deepikaठुलोपर्दा डटकम, काठमाण्डौ। ‘चेन्नाई एक्सप्रेस’को अपार सफलतापछि आगामी चलचित्र ‘ह्याप्पी न्यू इयर’ को शुटिङका लागी दुबईमा व्यस्त रहेकी दिपिका पादुकोणको भूमिका सार्वजनिक भएको छ । उनी ‘ह्याप्पी न्यू इयर’ मा डान्सबारकी चर्चित ‘डान्सर’ को भूमिका निर्वाह गर्दैछिन् ।

‘चेन्नाई एक्सप्रेस’ पश्चात फेरी बलिउडका बादशाह शाहरुख खानसँगै मुख्य भुमिकामा पर्दामा देखिन लागेकी दिपिका महाराष्ट्रकी बार डान्सरको रुपमा चलचित्रमा देखिदै छिन् । उनको महत्वपुर्ण भुमिकाले पाँच जना चलचित्रका नायकहरुको जिवनशैलीमा आउने परिवर्तनलाई देखाउन खोजिएको बताइएको छ ।

फराह खानद्वारा निर्देशिन भइरहेको यस चलचित्रमा दिपिकाले एकजना चर्चित र सक्षम डान्सर मारती मूल्गीको भूमिका निर्वाह गर्दैछिन् । अहिले दुबईमा ‘इन्डियावाले’ बोलको गितमा चलचित्रको शुटिङ भइरहेको बताइएको छ । दुबई पश्चात गोवामा चलचित्रको शुटिङ हुने भारतीय संचारमाध्यमहरुको समाचारमा उल्लेख छ ।

सन् २०१४ मा रिलिज हुने यस चलचित्रमा अभिषेक बच्चनपनि मूख्य भूमिकामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu