शुरु भयो राजकुमार राईको ‘वान वे’



one-way-muhartबैकुण्ठ पराजुली, ठूलोपर्दा डटकम, काठमाण्डौ।
आरसी पिक्चर्सको सातौं प्रस्तुतीको रूपमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘वान वे’को सोमवार सुभ मुहर्त गरिएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको निर्माण तथा सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा निर्माण गर्न लगिएको सो चलचित्रको सोमवार बाट नै सुटिंग समेत सुरु गरिएको छ ।

सो चलचित्रमा विल्सन विक्रम राई, करिष्मा मानन्धर, आकाश खवास, गायक रबिन तामाङ,सिद्धार्थ गुरूङ, प्रकाश ओझा लगायत कलाकारहरुको अभिनय रहने छ । फिल्म ‘वान वे’को कथा निर्देशक सुब्बाले लेखेका हुन् भने पटकथा प्रदिप भट्टराईको रहेको छ । यस्तै यो चलचित्रबाट डनका रुपमा परिचित दिपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । ३५ दिनको छोटो समयमै सम्पूर्ण छायांकन सकाउने लक्ष्य रखिएको यो चलचित्रका सबै दृश्य काठमाण्डौमा खिचिने बताईएको छ।

यस चलचित्रका मुख्य छायाँकार हरि लामा हुन् भने टेकबहादुर राई र दिपेन्द्र प्रसाद थपलियाले पनि यो चलचित्रलाई खिच्नेछन् । सो चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठको रहने छ भने चलचित्रलाई ३ वटा क्यामेराले छायांकन गरिनेछ । यही चलचित्रबाट हप्तामा एक दिन प्राविधिकहरुलाई बिदा दिने परम्पराको सुरुवात समेत गरिने निर्देशक नाल्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu