आर्यन र नम्रताको माया बसेपछि नोभेम्बर मै पानी पर्ने



namrata-shrestha-&-Aryan-siबैकुण्ठ पराजुली, काठमाण्डौ। नायक निरज बरालले केहि दिन अघि चलचित्र निर्माणमा हात हाल्दै नेपाली चलचित्रको निर्माता बन्ने घोषणा गरेको खबर सेलाउन नपाउदै अर्का नायक आर्यन सिग्देल पनि चलचित्र निर्माता हुने भएका छन् ।

आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा आर्यनको आफ्नै ब्यानर आर्यन सिग्देल इन्टरटेनमेन्ट मार्फत नयाँ चलचित्र ‘नोभेम्वर रेन’ (November rain) नामक चलचित्रको निर्माण घोषणा गरिएको छ जुन चलचित्रमा अर्का निर्माता सुवास गिरीको सुवास इन्टरटेनमेन्ट प्रोडक्सनको पनि लगानी रहने छ । आर्यन संगै नम्रता श्रेष्ठ, केशव भट्टराई, शिशिर राणा, छुल्थिम गुरुङ, अर्जुन खड्का, राजु लामा, महेश त्रिपाठी लगायतका कलाकारहरुले अभिनय गर्ने छन् । दिनेश राउतले निर्देशन गर्ने ‘नोभेम्बर रेन’का सह-निर्माता कमल गिरी हुन् ‘।

लभ स्टोरीमा आधारित रही निर्माण गर्न लगिएको यो चलचित्रमा संगीत तारा प्रकाश लिम्बुको रहने छ भने नृत्य निर्देशन कविराज गहतराज को रहने छ । चलचित्रको कथा भने चेतेन गुरुङ्गले लेखेका हुन् । एक पछि अर्को गर्दै चलचित्रका कलाकारहरु समेत निर्माता बन्दै गर्दा प्राय: आफुले चित्त बुझ्ने कथा समेटिएको चलचित्रमा मात्र अभिनय गर्ने आर्यनले कस्तो चलचित्र निर्माण गर्ने हुन् त्यो भने चलचित्र निर्माण सम्पन्न भै प्रदर्शनमा आए पछि मात्र थाहा होला ।
november-rain-aaryan
२०१४ को ‘भ्यालेण्टाईन डे’को दिन यो चलचित्र रिलिज हुने घोषणा समेत गरिएको छ। यसअघि आर्यन र नम्रता अभिनित चलचित्र ‘मेरो एउटा साथी छ’ ब्ल्क बस्टर भएको थियो। सोहि चलचित्रबाट यी दुई कलाकारहरुको क्यारियर प्रारम्भ भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu