वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन



fatteman-shraddanjali1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
वरिष्ठ गायक फत्तेमान राजभण्डारीको गएराती निधन भएको छ। फोक्सोको क्यान्सरबाट थलिएका ७७ वर्षिय राजभण्डारीको उपचारका क्रममा ओम नर्सिङ होम चाबहिलमा निधन भएको हो।

राजभण्डारी विक्रम संवत १९९३ साल मंसीर १३ गते जन्मिनु भएको थियो । राजभण्डारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलवार पशुपति वृद्धाश्रम अगाडिको खुला ठाउँमा विहान १० बजेसम्म राखिने र त्यसपछि उहाँको अन्त्येष्टी गर्ने तयारी छ ।

राजभण्डारीले ४ सय भन्दा बढी गीत तथा भजनमा स्वर तथा संगीत दिनु भएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न …’, ‘यस्तो पनि हुँदो रैछ …’, ‘सान्नानीको गालै रैछ …’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ …’, ‘रातो र चन्द्र सूर्य …’ जस्ता गीत चर्चित छन् ।

स्वर्गीय फत्तेमान राजभण्डारीप्रति हामी हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछौँ साथै उहाँको आत्माको चिर शान्तीको कामना।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu