सेक्सी नायिका शर्लिन चोपडाको गालीबापत पाँच करोड डिमाण्ड



sherlen-chopra
शर्लिन चोपडा र ‘कामासूत्र ३डी’का निर्देशक रुपेश पालबीचको सम्बन्ध लगातार बिग्रदै गएको छ। शर्लिनले ट्वीटरमा आफ्नो फलोअर्ससँग मिलेर रुपेशमाथि व्यापक गाली गरेकी छन् । उनले चलचित्रबाट अलग भइसकेकाले चलचित्रको प्रवर्द्धन नगर्ने बताएकी छन् ।

दोस्रोतर्फ रुपेशका अनुसार शर्लिनको काम पूरा भइसकेको छ । शर्लिनको गालीगलौजपूर्ण ट्वीटरबाट रुपेश निकै स्तब्ध भएका छन् । उनले कानुनी सूचना पठाएर अभद्र ट्वीट फिर्ता लिन भनेका छन् । साथै रुपेशले आफ्नो इमेजमा धक्का पुराएको भन्दै पाँच करोड रुपैयाँ पनि मागेका छन् । रुपेशले आत्मसम्मान पनि कुनै चिज हो भनेका छन् ।

‘उनी मलाई आप्पा भन्थिन्, जसको अर्थ दक्षिण भारतीय भाषामा पिता हुन्छ । मैले पनि उनलाई छोरीसरह मानेको थिएँ । तर अब उनी भद्दा गाली गरिरहेकी छन् । यसकारण म कानुनी सहयोग लिन बाध्य भएँ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu