इन्डोनेसियामा के गर्दै छिन् मिस नेपाल इशानी ?(फोटोफिचर र भिडियो)



ishani-1
श्यामसुन्दर गिरी, काठमाडौं।
गत मिस वर्ल्डमा सृस्टि श्रेष्ठलाई मिस वर्ल्ड बनाउने ३ करोड नेपालीको चाहना तुहियो । उनी मिस नेपाल हुँदाको अवस्था सम्मकै सबै भन्दा राम्री र बहुमुखी प्रतिभाकी धनी, लगायत उनका सकारात्मक पक्षका बिषयबस्तुका कारण पनि सृस्टिभ मिस वर्ल्ड बन्न सक्ने बलियो सम्भावना पनि थियो तथापी उनको र समग्र नेपालीको सपना साकार हुन सकेन ।

मिस वर्ल्डको यो मैदानको स्पर्धा पनि निकै जटिल छ । यही मैदानमा फेरी अर्की मिस नेपाल इशानी श्रेष्ठ यतिबेला इन्डोनेसियामा उपाधिका लागि भिड्दैछिन् । मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउने क्रममा केही दिनअघि इशानी इन्डोनेसिया पुगेकी हुन् ।
ishani-2
आगामी सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गते इन्डोनेसियाको बालीमा हुने मिस वर्ल्डको ६३ औं संस्करणका क्रममा इशानी अन्य देशका सुन्दरिहरुसँग प्रतिस्पर्धीसँगै रमाइेरहेकी छिन् । मिस वर्ल्डकै सिलसिलामा विश्वभरका सुन्दरीहरु यतिबेला इन्डोनेसियामा रहेका छन् । उनीहरु अहिले मिस वर्ल्डको विभिन्न स्पर्धाहरुमा सहभागी भईरहेका छन् भने उनीहरुले त्यहाँका विभिन्न स्थानको भ्रमण र अवलोकन समेत गरिरहेका छन् ।

यसैबीच, मिस वर्ल्ड नेपालको अफिसियल फेसबुक पेज इशानी श्रेष्ठले चलाउन थालेकी छिन् । इशानीले मिस वर्ल्डको फेसबुक पेज चलाउने अधिकार प्राप्त गरेकी जनाइएको छ । इशानीले मिस वर्ल्ड सम्बन्धी पछिल्ला गतिविधिहरु फेसबुकमा पोस्ट गर्दै आएकी छिन् । इशानीले विशेषतः आफू सहभागी भएको फोटो तथा भिडियोहरु फेसबुकमा सेयर गरिरहेकी छिन् । यसकारण पनि उनक शुभचिन्तक लाई उनको बारेमा गतिविधी थाहा पाउन सहज भएको छ ।
ishani-3
इशानीले हिजो मात्रै पनि एक ‘बीच पार्टी’को भिडियो यु–ट्युवबाट फेसबुकमा सेयर गरेकी छिन् । त्यस्तै इशानीले विभिन्न देशका सुन्दरीहरुसँग खिचाएको सामुहिक फोटोहरु समेत मिस वल्र्डको फेसबुकमा पोस्ट गरेकी छिन् । यि तस्बिर बाट उनी खुशी देखिन्छीन र इन्डोनेसियामा रमाइरहेकी छिन भन्ने कुरा पनि प्रमाणित हुन्छ ।

हरेक मिस वर्ल्डमा कठिन स्पर्धा गर्नु पर्ने यो उपाधिका लागि इशानीले यस पटक १ सय २५ देशका सुन्दरीहरुहरु सँग स्पर्धा गर्नुपर्ने छ । यसर्थ पनि उनलाई सम्पूर्ण नेपाली तथा उनका शुभचिन्तकको साथ चहिएको छ । यो समाचार तयार पर्दा सम्म उनलाई मिस वर्ल्डको अधिकारिक वेब साईटमा लाइक गरी भोट गर्ने को सङ्ख्या १७२,७४२ पुगेको छ । भने मिस वर्ल्डको फेसबुक पेजमा लाइक गर्नेको सङ्ख्या ५१८ पुगेको छ । उनलाई भोट गर्नका लागि यो लिंकमा गएर भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu