जिया खान मृत्युमा सुरजको नाम | घटना झन उल्झँदै



jiya-khan-death
[dropcap]जि[/dropcap]या खान मृत्युको गुत्थी सुल्झने भन्दा झन उल्झँदै गईरहेको छ। यो मामलामा अब नयाँ मोड आएको छ। प्राप्त खबरअनुसार आदित्य पंचोलीका छोरा सूरज पंचोलीले जियालाई आत्महत्याको लागि उक्साएको आरोप लागेको छ।

मुम्बईमा जुहू पुलिसले चार सय सतचालिस पेज लामो प्रतिवेदन तयार पारेको छ जसमा सुरजको नाम रहेको छ। यो प्रतिवेदन अंधेरी कोर्टमा फाईल भएको छ।

यसअगाडी नै सुरजलाई गिरफ्तार गरिएको थियो। केहि समयमा नै छुटेका उनको नाम फेरि अगाडी आएको हो। जियाको परिवारले आफुखुशी आत्महत्या गरेको नभई कसैले उनलाई उक्साएको आरोप लगाएको छ। जियाको परिवारले सीबीआई जाँचको समेत माग गरेको छ।

फिल्म ‘निशब्द’मा अभिनय गरेर बलिउडमा पहिचान बनाएकी जियाको शव उनको जुहू स्थित घर सागर संगीतमा भेटिएको थियो। ३ जून २०१३ मा उनको लाश छतमा भेटिएको थियो जतिबेला उनि २५ बर्षकी थिइन्। सुरुवातमा प्रहरीले आत्महत्या बताएको थियो तर पोष्टमार्टम रिपोर्टबाट भने उनको मृत्यु कसैको बलजफ्तीबाट भएको पत्ता लागेको थियो। उनको मृत्युमा कसको संलग्नता छ यो भने अझै रहस्य मा नै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu