सलमानको जय हो ५ हजार पर्दामा | धेरै रेकर्ड ब्रेक हुने अनुमान



बलिउडमा दुई चार हजार हलमा एकैपटक चलचित्र प्रदर्शनमा आउने कुरा नौलो बन्न छाडिसकेको छ । केहिसमय पहिले प्रदर्शनमा आएको चलचित्र ‘धुम-३’ एकैसाथ ४५०० पर्दामा आएको थियो । शुक्रबार रिलिज भएको बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘जय हो’ ५ हजारभन्दा बढी पर्दाबाट सार्वजनिक भएको छ ।

jai-ho-salman

यो चलचित्र नेपाल सहित विश्वभरका बिभिन्न ५,००० चलचित्र घरमा पर्दामा एकैसाथ रिलिज भएको छ । इरोज कम्पनीका सुनिल लुल्लालाई उदृत गर्दै समीक्षक तरन आदर्शले भनेका थिए, ‘जय हो विश्वव्यापीरुपमा एकैसाथ ५ हजार भन्दा बढी स्क्रिनबाट प्रदर्शन हुँदैछ्’ । उनले दाबी गर्दै भनेका थिए,’अहिलेसम्मै एकैपटक धेरै पर्दामा आउन लागेको ‘जय हो’ पहिलो चलचित्र हो’ ।

यो चलचित्र प्रदर्शनमा आएसँगै बलिउडमा बिभिन्न चलचित्रले अहिले सम्म राखेका धेरै रेकर्ड ब्रेक हुन सक्ने अनुमान गरिएको छ । लामो समयको प्रतिक्षापछी आएको सुपरस्टार सलमानको यो चलचित्र हेर्न विश्वभर उनका करोडौं फ्यानहरु पर्खेर बसेका थिए । तुलनात्मक रुपमा कम प्रचारका बीच प्रदर्शनमा आउन लागिएको बनिएको यो चलचित्रको भारतमा मात्रै पहिलो हप्ताको करिब ९५ प्रतिशत टिकट बुकिङ भईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu