‘बब्ली लुक्स’मा बर्थडे मनाईन् रञ्जनाले



birthday-ranjana-sharma-feaठुलोपर्दा डटकम, काठमाण्डौ। गए राति अमेरिकामा रहेकी नायिका रञ्जना शर्माले जन्मदिन मनाएकी छिन्। न्यूयोर्क, क्यवीज ब्लुबर्ड, मालिगोमा बर्थडे मनाएकी रञ्जना उक्त समारोहमा परिवार सम्झेर पनि रोएकी थिईन् ।

गत बर्षको बर्थडे पार्टीमा पनि यम बराल रञ्जना शर्माको साथमा थिए । जुन दृश्य यस पटकको बर्थडेमा पनि देखिएको छ । बर्थडे मनाउने क्रममा हिरोईन रञ्जना र गायक यम बरालको भेट भएको फोटो हामीलाई प्राप्त भएको छ । जहाँ रञ्जनाको साथमा यम बरालले बुके सहितको फोट पोज पनि दिएका छन् ।

यम सहित शो समारोहमा अन्य दुई गायक जगदीश समाल र सुमन बुढाको पनि उपस्थिती थियो । तत्काल नेपाल फर्कने सोच नबनाएकी रञ्जना अमेरिकमा आफ्नै ब्यावसाय गरेर बसिरहेकी छिन् यति खेर ।

२०१० मा अमेरिका उडेकी उनी केही बर्षपश्चात आफ्नै प्रोडक्सन हाउस सहित नेपाली चलचित्रमा फर्किने उनी निकट श्रोत बताउछ । गएको बर्थडेमा निकै मोटी देखिएकी रञ्जना यस पटक अलि छरितो शरिरका साथ बब्ली लुक्समा देखिएकी थिईन् ।
अन्य तस्विरहरु:


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu