‘जय हो’ बापत ६० करोड लिएका सलमान आँफै सशंकित | दम देखिएन



[dropcap][/dropcap]लमान खनाको ‘जय हो’ शुक्रवार रिलीज भयो। २००९ मा जब सलमानको फिल्म ‘वान्टेड’ रिलिज भयो तब देखी उनका हर फिल्म बक्स अफिसमा ज्यादा ब्लकबस्टर बन्दै आएका छन्। ‘दबंग’, ‘रेडी’, ‘बडीगार्ड’, ‘एक था टाइगर’ र ‘दबंग २’ को कारोबार उच्च रहँदै आयो। के अब ‘जय हो’ पनि यस्तै होला त ?

यो फिल्मको प्रोमो ले सफलता पाएन न त गीत-संगीत ले कुनै जादु गर्‍यो। अग्रिम बुकिङ्मा पनि ठन्डा रहेको ‘जय हो’को शुक्रवारको रेकर्डअनुसार ओपनिङ् पनि ज्यादै गर्न सकेन। सलमान र डेजी शाहको फीका केमेस्ट्री, नीरस गीत-संगीत, फिल्ममा कुनै नयाँपन नहुनु, चलचित्र नचल्नेमा सलमान आँफै सशंकित हुनु, सलमानका फ्यानले धमाकेदार एक्शन साथै उनको रोमाञ्स देखिने फिल्म चाहने तर यो फिल्ममा यो सब शुन्य हुनुले ‘जय हो’ ब्लकबस्टर हुनुमा धेरै प्रतिशत शंका गर्न सकिन्छ।

salman-and-desi-shah
फिल्ममा काम गरेबापत सलमानले संगीत र स्याटेलाईट अधिकार आफ्नो नाममा राखेका छन्। यो दुईको मुल्य लगभग ६० करोड रुपैयाँ हुन आउँछ। निर्माता-निर्देशक सोहेल खानले यो फिल्म पुरा गर्न ६० करोड नै खर्च गरेका छन्। उनले इरोज इंटरनेशनललाई पुरै विश्वको सिनेमा अधिकार ८५ करोडमा बेचेका छन्। इरोजको प्रिन्ट र प्रचार-प्रसारको खर्च सहित एकसय दश करोड पर्न आएको छ। भारतमा मात्रै १५० करोड ग्रस भएमा सो लगानी सुरक्षित हुन आउँछ।

यो चलचित्रको प्रारम्भिक विवरण नियाल्दा यो भन्न सकिन्छ की सलमानका अघिल्ला चलचित्र जस्तै ‘जय हो’ सुपर-डुपर हिट हुन सक्ने छैन। नेपालमा पनि ‘जय हो’ रिलिज भएको छ। नेपालमा पनि यो सिनेमाले कुनै दम देखाउन सकेको छैन। नेपाली फिल्मले नै बजार तताईरहेको बेला यो फिल्मले धेरै रकम हात पार्ने देखिदैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu