सलमान रिजेक्ट गरेकी थिइन् डेजीले | एक झड्कामा बदलियो जिन्दगी



एक झड्कामा बदलिन्छ जिन्दगी, त्यो कुन बेला हो चिन्नु जरुरी छ। केहि समय पहिले डेजी शाहको नाम अञ्जान थियो तर अहिले उनि स्टार बनिसकिन्।

daisy
एक्स्ट्रा डान्सरको भिडको इक हिस्सा रहेकी डेजी अहिले ‘जय हो’मा जमिरहेकी छिन् त्यो पनि सलमान खानकी हिरोईन बनेर। पछि फर्केर हेर्दा उनलाई यकिन नै हुँदैन की आफ्नो जिन्दगी यसरी बदलियो। हिजोसम्म आउने दिन बारे केहि थाहा थिएन तर अब साथमा खुशी नै खुशी छ उनिसँग। कसले सोचेको थियो बलिउड फिल्मकी ग्रुप डान्सर आज स्टार बन्लिन भनेर !

deisy-shah1

मुम्बईमा रहने डेजी विद्यालय स्तरिय प्रतियोगितामा सहभागि हुँदै कला यात्रामा प्रवेश गरेकी थिइन्। लामो समयसम्म ग्रुप डान्सर बनेर कोरियोग्राफी असिस्टेन्ट हुँदै कोरियोग्राफर समेत बनेकी डेजीले पहिलो पटक सलमानको अफरलाई समेत अस्विकार गरेकी थिइन्।

‘दबंग’को सेटमा कोरियोग्राफर साथी भेट्न गएकी डेजीलाई देखेर सलमानले प्रश्न गरेका थिए, ‘आजकल के गर्दैछौ ?’ डेजीले तमिल र कन्नड फिल्ममा अभिनय तथा मोडलिङ् गर्दै गरेको जवाफ फर्काएपछि सलमानले ‘बडिगार्ड’को एक क्यारेक्टरमा अफर गरेका थिए। तर, डेजीले सो प्रस्ताव अस्विकार गरेकी थिइन्।

deisy-shah2
साथीहरुले त्यस्तो मौका किन गुमाईस् भन्दा उनले भन्थिन् ‘म मेरो निर्णयबाट खुशी छु’। अहिले उनि भन्छिन्, ‘म सलमानको हिरोईन नै बन्न सक्षम थिएँ त किन क्यारेक्टरमा अभिनय गरौँ ?’

salman-&-daisy

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu