गजल गीतिसंग्रह अनुभूति सार्वजनिक



गजलकार प्रबल विष्टको एकल रचना र संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार पारिएको गजल गीतिसंग्रह अनुभूति सार्वजनिक गरिएको छ । गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा गजलसंग्रह अनुभूतिलाई सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार अविद, गीतकार भावेश भुमरी, कर्णाली इन्टरटेनमेन्टका प्रबर्द्ध निर्देशक पदम बुढा र स्रष्टाद्वय संगीतकार सन्तोष श्रेष्ठ एवं प्रबल विष्टले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

anubhuti-launch
कार्यक्रममा आयोजक संस्था रापती समाज काठमाडौंका उपाध्यक्ष एवं गायक प्रेमप्रकाश ओलीले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै गजलसंग्रहको समीक्षा गीतकार भावेश भुमरीले गरेका थिए भने एल्बमलाई बजार प्रबर्द्धन गरिरहेको संस्था कर्णाली इन्टरटेनमेन्टका तर्फबाट पदम बुढाले बोलेका थिए ।

एल्बमको तर्फबाट भने संगीतकार सन्तोष श्रेष्ठले बोलेका थिए । त्यस्तै गजलकार प्रबल विष्टले आफ्ना गजल लेखनका अनुभूति सुनाएका थिए । गजल गीतसंग्रह अनुभूतिभित्र कति खुशी हुन्थें होला, तिम्रै जितको चर्चा छ रे, तिम्रै केशको पानी बनी, तिम्रो मनको, लगायत ६ वटा गीत समावेश गरिएको छ । जसलाई मनोजराज, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, विन्दु परियार र रेणु विष्ट केसीले स्वरबद्ध गरेका छन्

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu