मुसलमानले बहिष्कार गरे ‘जय हो’ | हिट स्टारप्रति आपत्ती



सलमान खानको नयाँ फिल्म ‘जय हो’ले खासै बिजनेस गर्न सकेको छैन। के यसको एक प्रमुख कारण सलमानले नरेन्द्र मोदीको बारेमा राम्रो कुरा गर्नु र केहि मुस्लिम नेतादवारा उनको फिल्म बहिष्कार गर्नु नै हो त ? फिल्म समीक्षक तथा ट्रेड ऐनालिस्ट कोमल नाहटाका अनुसार मुसलमानको ठुलो हिस्साले ‘जय हो’ बहिष्कार गरेको छ।

सो समुदाय सलमानले मोदीका बारेमा गरेको कमेण्टबाट निराश छ। नाहटाले ट्विट गरेका छन्, ‘आंकड़े बताते हैं कि मोदी पर सलमान की बातों से नाराज मुसलमानों के एक खास वर्ग ने उनकी ‘जय हो’ का बहिष्कार किया है। क्या अब हीरो डैमेज कंट्रोल करेंगे?’

Salman-khan-Narendra-Modi
शुक्रवार रिलीज भएको ‘जय हो’ले पहिला दुई दिनमा ३३ करोड कारोवार गरेको थियो। ट्रेड ऐनालिस्टका अनुसार शुक्रवार १७.५५ करोड र शनिवार १६.२५ करोड कारोवार भएको थियो। सलमानको ‘एक था टाइगर’ले पहिलो दिनमै ३० करोड कारोवार गरेको थियो जबकी धुम ३ले ३३.४२ करोड कारोबार गरेको थीयो।

सलमानलाई मुस्लिम वर्गमा सबैभन्दा हिट स्टार मानिन्छ तर यसपटक भने उनलाई यस वर्गको साथ मिल्न सकेको छैन। केहि दिन पहिले भने केहि मुस्लिम नेताले सलमानको ‘जय हो’ हेर्न अपिल गरेका थिए तर सलमान द्वारा नरेंद्र मोदीको तारीफ भयो तब उनिहरु निराश भए। मकर संक्रान्तिको अवसरमा पतंगबाजीमा भएको एक कार्यक्रममा सलमानले मोदीलाई ‘गुड म्यान’ भनेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu