रानी मुखर्जीको बिहे पक्का | फेव्रुअरी १० मा लगनगाँठो कस्दै



[dropcap][/dropcap]लिउड नायिका रानी मुखर्जी र बलिउड निर्माता/निर्देशक आदित्य चोपडाले लगनगाँठो कस्ने भएका छन् । लामो समयदेखि मिडियासंग खुलेर कुरा नगरेका उनीहरुले अब भने आफ्नो बिबाहको मिति तय गरिसकेको समाचार स्रोतले जनाएको छ । समाचारका अनुसार बिबाह यही फेव्रुअरी १० को दिन लाई तय गरिएको छ समाचारमा दाबी गरिए अनुसार बिबाह उमेद भवन प्यालेस जोधापुर (राजस्थान) मा हुने जनाइएको छ ।

rani-mukharjee-aaditya-chopra
केही महिना अघी एउटा पार्टीमा त्यहाँ पुगेकी रानीले उक्त स्थान चयन गरेकी थिइन् । स्रोतका अनुसार बिबाहको लागी त्यहाँ २ हप्ता अघी देखि तयारी हुनेछ ।

समाचारका अनुसार उनीहरुको विवाह गत २०१३ कै पहिलो महिना जनावरीमा परम्परागत पन्जाबी शैलीमा हुने अनुमान गरिएको  थियो । तर, आदित्यका पिता यस चोपडाको २०१२ अक्टोबरमा निधन भए पछी जनवरीमा विवाह नभएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu