प्रकाश र खुश्वुले चाहन्छन् सफल अवतरण



विकास लामिछाने, मुम्बई। नेपाली चलचित्र उद्योगमा अभिनय, कला र साधना बिनानै नायक-नायिका बन्ने परीपाटीलाई नयाँ मान्न सकिँदैन। आफ्नै पैसा लगानी गरेर नायक बन्नेहरु तथा बैँशालु जवानी बेचेर नायिका बनेका केहि उदाहरण पनि हामीमाझ छन्। कतिपय निर्माता-निर्देशकसँगको नजिकको सम्बन्ध या पारिवारिक आधारमा पनि प्रतिभा नभएका र कलाकारिताको रहरमा हौसिएका व्याक्तिहरुको कारण चलचित्र उद्योग नै बदनामी भएको अवस्था छ।

हामीमाझ अत्यन्त दुख:द केहि उदाहरणहरुले नेपाली चलचित्रलाई जिस्क्याईरहेको छ। कला, प्रतिभा तथा आवश्यक शिक्षाले पोख्त कलाका धनिहरु बेरोजगार जस्तै भेटिन्छन्। अवसरबाट बञ्चित भएर भौँतारिनु सिवात अन्य विकल्प छैन। चलचित्रको लागि सबैतर्फबाट सक्षम रहेका दुई उदाहरण प्रस्तुत गर्दैछौँ, जसले भारतको चलचित्र नगरी मुम्बईमा बसेर भएपनि नेपाली चलचित्र तथा कलालाई बिशेष योगदान दिएका छन्। उनिहरुलाई अझै पनि नेपाली चलचित्रले ठम्याउन सकेको छैन।

[one_half last=”no”]

khusbu-bhattraiखुश्वु भट्टराई
कलालाई कर्म क्षेत्र बनाई नायिकाको रुपमा चिनिन चाहने युवती हुन्, खुश्वु भट्टराई। मुम्बईमा झन्डै दुई बर्षदेखी संघर्षरत यिनले यहाँ नै अभिनय तथा नृत्यको प्रशिक्षण लिईरहेकी छिन्। हालसम्मको कठिन मेहनतले नृत्य तथा अभिनयमा राम्रो ज्ञान प्राप्त गरेकी खुश्वुको नेपाली चलचित्रको सफल नायिका बन्ने ठुलो आशा राखेकी छिन्।

उनले यसअघि ‘यू आर माई ड्रिम्स्’ नामक चलचित्रमा मूख्य नायिकाको रुपमा अभिनयको अनुभव लिएकी छिन्। आफ्नो क्षमताको मुल्यांकन गर्ने गरि अन्य चलचित्रको अफर आए अब आफु तयार बनिसकेकी उनि बताउँछिन्। मुम्बई भईरहने नेपाली र भारतीय स्टेज कार्यक्रममा उनले आफ्नो प्रस्तुतीले सबैको मन जित्ने गरेकी छिन्।

[/one_half]prakash-BCप्रकाश बि.सी.
प्रकाश बि.सी. झन्डै दश बर्ष देखी मुम्बई मा बस्दै आएका छन्। यहाँ बसेर वलिउडलाई नजिकबाट नियालेका प्रकाशले दुई वलिउड फिल्ममा सहायक कलाकारको रुपमा अभिनयको अनुभव सँगालिसकेका छन्। केहि नेपाली गीतहरुमा समेत अभिनय गरेका बिसीले भारतिय धार्मिक टेलिभिजन च्यानल ‘आस्था’बाट प्रशारण हुने एक टेलिश्रृंखला अभिनय गर्ने भएका छन्।

नृत्य र अभिनयमा गतिलो दख्खल राख्ने प्रकाशले आफ्नो लक्ष्य नेपाली चलचित्रको नायक बन्ने राखेका छन्। उनले यतिबेला वलिउडका स्टार गायक सोनु निगमसँग मिलेर काम गरिरहेका छन्। उनले वलिउडका अन्य थुप्रै कलाकारहरुसँग स्टेज शोहरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu