सेक्स अफर अस्वीकार गर्दा चलचित्रबाट हटाउने धम्की



sherlyn-chopra
बलिउडकी हट अभिनेत्री शर्लिन चोपडा र उनी अभिनित चलचित्र ‘कामसुत्र थ्रिडी’ का निर्देशक रुपेश पटेलविच विग्रिएको सम्बन्धले झन उग्र रुप लिएको छ । शर्लिनले एडिशनल कमिश्नर अफ पुलिस र सान्ताक्रुज पुलिस स्टेशनका सिनियर इन्स्पेक्टरसमक्ष रुपेशविरुद्ध उजुरी दर्ता गराएकी छन् ।

उजुरीमा उनले रुपेशले आफूलाई धोका दिएको, जालसाची गरेको र चलचित्रको सम्झौतामा नक्कली कागजातमा सही गराएको र भुक्तानी गर्न बाँकी पारिश्रमिकसमेत नदिएको दावी गरिएको छ। साथै शर्लिनले रुपेशको सेक्स अफर अस्वीकार गर्दा आफूलाई चलचित्रबाट हटाउने र नाङ्गो भिडियो सार्वजनिक गर्ने धम्की दिएको दावी गरेकी छन् । साथै शर्लिनले अश्लील एमएमएस र इमेल पठाएको आरोप पनि लगाएकी छन्।

स्मरणरहोस्, चलचित्र सुटिङकै क्रममा उनीहरुबीचको सम्बन्ध खराब भएको थियो । केही दिनअघि शर्लिनले कामसूत्र थ्री डी बाट अलग भएको बताएकी थिइन् । यता रुपेशले भने चलचित्रमा शर्लिनको काम सकिएको दावी गरेका थिए । पछि शर्लिनले ट्वीटरमा रुपेशविरुद्ध भद्दा गाली गरेकी थिइन् । अहिले आएर उनीहरुबीचको विवाद प्रहरीसम्म पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu