छोरीले सलमान मन पराएपछि शाहरुखलाई तनाव



बलिउडका किङ खान भनेर परिचित सुपरस्टार शाहरुख खान दबंग सलमान खान प्रतिद्वन्दी हुन् भन्ने जोकोहीलाई थाहा छ । त्यसैले यि दुईले एकअर्काको चलचित्र मन नपराउनु पनि स्वभाविक हुनजान्छ । तर शाहरुख आफ्नै छोरी सुहाना खानका कारण तनावमा परे ।

shahrukh-with-daughter
सलमानको ठुलो फ्यान रहेकी सुहानाले शाहरुखलाई ‘जय हो’ हेर्न हलसम्म जान आग्रह गरेपछि शाहरुख तनावमा परेको खबर भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।

सलमानका कुनै पनि फिल्म हेर्न नछुटाउने सुहानाले गरेका आग्रहलाई नकार्न नसकेपछि शाहरुखले ‘जय हो ’ का निर्माता एवम सलमानका भाई सोहेल खानलाई टेलिफोनमार्फत व्यवस्था मिलाइदिन आग्रह गरे । त्यसपछि सोहेलले उक्त व्यवस्था मिलाईदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu