वर्तमान असामाजिक परिवेशमा पुन: आगो लाग्ने



aago-2ठुलोपर्दा डटकम, काठमाण्डौ। वर्तमान राजनीतिक अस्थिरता, सामाजिक मूल्य मान्यता विपरितका घटना आदिलाई निमिट्यान्न पार्ने उद्देश्यले नेपाली चलचित्र ‘आगो-२’ बन्ने भएको छ। २०५६ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘आगो’को नामबाट चलचित्र बन्ने लागेको हो। शिर्षक सिक्वेलका निर्देशक मदन घिमिरेका अनुसार ‘आगो-२’मा ‘आगो’को कथालाई निरन्तरता नभएर यो चलचित्रमा अन्य शिर्षक नसुहाउने भएपछि शिर्षक सिक्वेल बनाएको बताउँछन्।

‘आगो’लाई नारायण पुरीले संयुक्त लगानीमा निर्देशन गरेका थिए। तत्तकालिन माओवादी र राज्यको द्वन्द्वको बिषयमा बनेको ‘आगो’ एघार महिना सेन्सरको चपेटामा परि रिलिज भएको थियो। त्यतिबेला राम्रै आम्दानी गरेको चलचित्रको शिर्षक सिक्वेलले अब कस्तो व्यापार गर्ला त्यो भने चलचित्र कस्तो बन्छ त्यसमा भर पर्छ। ‘आगो-२’ का निर्देशक घिमिरेले यो चलचित्र ऐतिहासिक बन्ने बताएका छन्। आफ्ना अत्यन्त मिल्ने साथीले निर्देशन गरेको चलचित्रको नामबाट पुन: आफुले चलचित्र निर्देशन गर्न लागेकोमा निकै उत्साहित भएको उनले बताए।
aago-211‘आगो’का निर्देशक पुरीले भने अघिल्लो चलचित्रको ‘गुडविल’ देखेर यो चलचित्र चल्छ भन्ने नभएकोले राम्रो बनाउनै पर्ने बताउँछन्। ठुलोपर्दा डटकमसँग कुरा गर्दै नेपाली चलचित्रका अनुभवि र पुराना निर्देशक घिमिरेले निर्देशन गर्न लागेकोले न्याय गर्न सक्ने विश्वास आफुले लिएको उनले बताए। निर्माता गम्भिर नभएमा र निर्देशकसँग निर्माताको तालमेल नमिलेमा चलचित्र सोचे जस्तो बन्न नसक्ने बताउँदै पुरीले चलचित्र राम्रो भएको खण्डमा आगोको नामबाट अझै पनि चल्न सक्ने जिकिर गरे।

आगो-२ को मंगलवार राजधानीको भद्रकालीमा मुहर्त गरिएको हो। किसान पोखरेलले निर्माण गर्न लागेको यो चलचित्रमा पनि आगोका मुख्य पात्र शुसिल क्षेत्री दोहोरिएका छन्। अन्य कलाकार भने दोहोरिएनन्। भदौ २६ गतेबाट छायांकन प्रारम्भ हुने यस चलचित्रमा क्षेत्रीका अलावा प्रिया रिजाल, सारिका घिमिरे, गणेश गिरी लगाएतका कलाकारको मूख्य भुमिका रहनेछ।

विकास चौधरीको संगीतमा यस चलचित्रमा दुई वटा गीत समावेश गरिनेछ। शिवम अधिकारिको लेखन, शम्भू सापकोटाको छायांकन तथा रोशन श्रेष्ठको द्वन्द्व रहने यो चलचित्र राजधानी आसपासमा छायांकन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu